Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना संक्रमित र सुत्केरीलाई फरक स्थानमा उपचार गर्न माग

काठमाडाैं । राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरक-फरक तरिकाले व्यवस्थापन गर्न माग गरेका छन् । राष्ट्रियसभाको बुधबारकाे शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नन्दा चपाईँले कोरोना भाइरसका बिरामी र गर्भवती एवं सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरकफरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

“कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो”, सांसद चपाईले भनिन् , “ती उपचार फरकफरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो ।”

नेपाली कांग्रेसका प्रकाश पन्थले सरकारले विदेशमा सङ्कटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिइन् । उनले भने, “सबै नेपालीलाई विदेशबाट ल्याउनुपर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो ।”

सांसद पन्थले क्यारेन्टाइन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधासम्पन्न होटललाई क्वारेन्टिन प्रयोग गर्न समेत सुझाव दिए । नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपद्मा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies