Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको छ ।

प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको हो । बैठक अगामी जेठ ११ गते आह्वान गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

त्यसैगरी प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही सञ्चारकर्मीको पनि सङ्कलन गरिएको उनले बताए । उनले भने “स्वाब सङ्कलन गरिएका सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने छ ।”

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिए । बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्यमात्र बैठक कक्षमा प्रवेश गर्न पाउने जनाउँदै उनले सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी र दर्शकलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने बताए ।

उनले भने, “प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क तथा पञ्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर आसन ग्रहण गराउने व्यवस्थापनमा जुटेका छौँ ।” सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सहयोग गर्ने बताए । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies