बाग्लुङ । पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य असावधानी अपनाउँदा भएका यस्ता घटनाले हतहती निम्त्याउन सक्थ्यो । जिल्लाकै बरेङ गाउँपालिका वडा नं ३ का अध्यक्षसहित दुई जनाको ज्यान जाने गरी भएको घटना भने छिमेकी जिल्लाको थियो ।
बुधबार जिल्लाको बडिगाड गाउँपालिका–२ सिमलचौरका सुरजबहादुर कुमाल मदिराले लठ्ठ थिए । साँझको समयमा मदिरा सेवन गरेर घर पुगेका उनले परिवारका सदस्यसँग झगडा थाले । श्रीमती राधिका र छोरीलाई हातपातको प्रयास गरे । उनीहरुले भागेर ज्यान त जोगाए तर ओत लाग्ने घर भने क्षणमै खरानी भयो । “मदिराले मातेका सुरज आफैले घरमा आगो लगाएको खुलेको छ”, प्रहरी निरीक्षक दीपक रिजाल भन्छन्, “ठूलो क्षति त भएको छैन तर घरगोठ जलेको छ ।” रिसको झोंकमा कोरेको सलाइले सुरजले आफ्नै बासलाई खरानी मात्रै बनाएनन्, अब कानूनअनुसारको कारवाहीको भागीदार बने । उनको घरमा बुधबार राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।
घरगोठ एकै ठाउँमा तथा खरको छानो भएकाले गोठमा बाँधिएका पशुचौपाय जोगाउनसमेत हम्मेहम्मे भयो । उनको घर जल्दा लाखौँको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताउनुभयो । दैनिक मजदुरी गरेर खाने परिवारमा घरभित्रैको झगडामा मदिराले होस गुमाउँदा ओत लाग्ने बास नै उजाडियो ।
क्षणभरमै घरगोठ खरानी बनाएका कुँवरको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपालसहित सहयोग गरेको छ । बडिगाडमा जस्तै गत चैतमा बागलुङ नगरपालिका–१० भकुण्डेका नगेन्द्र थापाले पनि आफ्नै काका पर्नेको गोठमा आगो लगाए । मदिरा सेवन गरेर घर पुगेका उनले परिवारसँगको समान्य झगडाकै क्रममा रिसले चुर भइ आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
गत फागुनमा जैमिनी नगरपालिका–२ दमेक आरुबोटका नरिश्वर रिजालले आफ्नै घरमा आगो लगाए । खरको छाना रहेको उनको घर जल्दै गर्दा गोठ पनि छोडेन । अहिले घरगोठ रहेको ठाउँमा खरानी मात्रै छ । उनले आफ्नै घरमा आगो लगाउनुको कारण पनि परिवारिक कलह र अधिक मदिरा सेवननै थियो । “पछिल्लोपटक भएका सबै घटना मदिराकै कारण भएका छन्”,उनले भने ।
गर्मी मौसममा आगलागीका घटना बढी नै हुने गरेका छन् । संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार वन तथा वातावरणसम्बन्धी काम गर्ने निकायले वन डढेलोको नियन्त्रणका लागि यो समयमा सार्वजनिक सूचना नै जारी गर्ने गरेका छन् । समाजले मदिरा नियन्त्रणमा कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: