Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

बाँकेमा भाइरल फ्लुका बिरामी बढे

खबरडबली संवाददाता

नेपालगन्ज । बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत साता परेको पानी र पहाडी तथा हिमाली जिल्लामा परेको हिउँका कारण चिसो फेरि अत्यधिक बढेको हो । 

माघको दोस्रो सातामा चिसो कम भए पनि त्यसयता पुन: बढ्दै जाँदा फेरि धेरै बढेकोले जनजीवन निकै प्रभावित बनेको स्थानीयले जनाएका छन् । 

चिसोका कारण सर्वसाधारणलाई घरबाट निस्कन समेत समस्या भएको नेपालगन्ज २ का स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताए। उनले गत साताअघि घटेको चिसो फेरी बढ्दै जाँदा सर्वसाधारणलाई समस्या भएको बताए। 

सोही प्रकारले नेपालगन्ज त्रिभुवन चोकका जावेद राईले चिसोकै कारणले अहिले फेरि बजारमा मानिसको आवागमन र चहल पहल घटेको तथा व्यापार व्यवसाय समेत प्रभावित भएको बताए। उनले चिसोले गर्दा रिक्सा बाहेकका सवारी साधन समेत निकै कम चलेको र गरिब तथा विपन्नलाई काम गर्न समस्या भएको जनाए। 

यस्तै, फेरि बढ्ने चिसोका कारण मौसमी भाइरल फ्लुबाट पीडित हुनेहरू पनि बढ्दै गएका छन् । चिसो बढेसँगै जिल्लामा भाइरल फ्लुका बिरामीहरू बढ्दै गएको अस्पतालहरूले जनाएका छन् । फेरि बढेको चिसोका कारण जिल्लामा भाइरल फ्लु अर्थात ज्वरो, रुघाखोकी, निमोनिया र कोल्ड डायरियाका बिरामीहरुको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले चिसो बढेसँगै बाँकेका विभिन्न ठाउँमा भाइरल फ्लु देखिएकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको बताए। 

सोही प्रकारले भेरी अस्पतालका सुचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा। सङ्केतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने फ्लुका बिरामीहरू अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् । 

सोही प्रकारले सञ्जिविनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रोमन किदवाईले गत केही समययता आएर अस्पतालमा फेरि भाइरल फ्लुका बिरामी आउने क्रम बढेको बताए । उनले भाइरल फ्लु भएर अस्पताल आउनेहरूमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसदमा सुधन गुरुङ एक जोडदार आवाज बन्नेछन्: रवी लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सुधन गुरुङमा व्यक्तिगत र राजनीतिक ...

निर्वाचन कार्यालयको सचेतना : मतदातालाई दबाब नपार्न सबैलाई निर्देशन

काठमाडौं। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्...

निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास

कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमु...

लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीको शोक व्यक्त

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले प्रधानमन्त्री सुशीला कार्कीलाई गहिरो मर्माहत बनाएको छ। प्रधान...

बाँकेमा भाइरल फ्लुका बिरामी बढे

नेपालगन्ज । बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत साता परेको पानी र पहाडी तथा हिमाली जिल्लामा परेक...

अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...

अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...

तनहुँमा स्कोर्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ पसेलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट पोखरा जाँदै...

जेनजी आन्दोलनबाट क्षतिग्रस्त कोटेश्वर भाटभटेनी पुन: सञ्चालनमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुन: सञ्चालनमा आएको छ। शनिबारदेखि औ...

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE