Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

भक्तपुरमा कोरोना सङ्क्रमित महिला जनप्रतिनिधिको बस्ती सिल गरियो, प्रत्येक घरमा परीक्षण तयारी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

सङ्क्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।

विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहनुभएकी सङ्क्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना सङ्क्रमित भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि मुटुको शल्यक्रिया गरिसकेको उनी स्वास्थ्य परीक्षणका लागि पटक पटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । सङ्क्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर आजै स्वाब सङ्कलन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।

जनप्रतिनिधिमा नै कोरोना भाइरस सङ्क्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासँगग यसबारेमा छलफल भइरहेको बताईन्

प्रजिअ पाण्डेले भनिन्, ‘भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का गरेका छौँ, त्यसैले लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा एकजनाको स्वाब सङ्कलन गरी परीक्षण गर्नेबारेमा नगरपालिकासँग छलफल भइरहेको छ ।’ लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री भने टोल टोलमा पु¥याएर केही समय कडाइ गरी परीक्षणको दायरा फराकिलो पार्न सकिने उनको भनाइ थियो ।

सङ्क्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडिटी पोजेटिभ देखिए पनि पिसिआर भने नेगेटिभ आएको छ । महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा दुई र बाहिरी जिल्लाबाट आएर बस्ने दुई गरी चारजनामा सङ्क्रमणको पुष्टि भएको छ । यद्यपि, भक्तपुरमा पहिलोपटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरी जवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेशनमा उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिकाको फोहर सङ्कलन गर्ने सवारी चालक भक्तपुर७लमबकजस५ योसिंखेलका सङ्क्रमित हुन् । योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन । सङ्क्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिए पनि रिपोर्ट आएको छैन ।

नगरपालिकाको दुईवटा टोलमा कोरोना सङ्क्रमण पुष्टि भए पनि नगरपालिकाभित्रका नागरिक भने अझै पनि लकडाउन उल्लङ्घन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ । यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE