नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्पmत प्रदेश नं ५ सरकार, संघीय सरकार र सरोकार निकायसँग सहयोग मागेको थियो । ‘क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेका हौँ’, गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले भने । गाउँपालिकाको मागअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रजिअ खड्काले बताए ।
पछिल्लो तथ्यांकानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये एकको मृत्यु भइसकेको छ । गाउँपालिकाको वडा नं ५ मा मात्र ६२ सङ्क्रमित छन् । नरैनापुरमा १४ क्वारेन्टिनमा अहिले ६२६ जनालाई राखिएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुको अहिले नेपालगञ्ज, कोहलपुर र खजुरास्थित आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: