Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कोरोना महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

वासिङ्टन । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

कोभिड–१९ को महामारीसँगै सर्बप्रथम न्युजील्याण्डकी प्रधानमन्त्री जासिन्दा अर्डनले अघि सारेको विचारलाई कार्यान्वयन गरेपछि कर्मचारीको उत्पादकत्वका साथै जीवनको गुणस्तरमा वृद्धि हुने अमेरिकालगायत अन्य केही देशहरूमा रहेका व्यवसायिक फर्म तथा कम्पनीले सोच बनाएको पाइन्छ ।

गत हप्ता एक फेसबुक भिडियोमा न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्डनले घरेलु पर्यटनलाई प्रोत्साहित गर्न सिर्जनात्मक तरिका खोजिरहेको बताएकी थिइन् । यो बहसले पछिल्लो सातासम्म आइपुग्दा अमेरिकालगायत विश्वका अन्य मुलुकहरूमा पनि स्थान लिएको द वाशिङ्गटन पोस्टले जनाएको छ ।

उनले भनिन्, “मैले सुनेकी छु कि धेरै व्यक्तिले हामीले सातामा चार दिन काम गरी स्वास्थ्य सङ्कटका कारण कमजोर बनेको विश्व अर्थतन्त्रलाई उकास्नुपर्छ भनेका छन् । यसका लागि रोजगारदाता र रोजगार व्यक्ति (श्रमिक) बीच सल्लाह गरी अघि बढ्नुपर्छ ।”

“मैले साँच्चै उद्योगी तथा व्यवसायी तथा त्यसमा आश्रित व्यक्तिहरूले साप्ताहिकरूपमा काम गर्ने समयलाई चार दिन बनाउने सम्बन्धमा फरकफरक सुझाब दिएका तर अधिकांशको राय काम गर्ने समयलाई घटाउने र बेरोजगार बनेका धेरै व्यक्तिलाई कामको अवसर दिने रहेको छ,” उनले भने ।

अस्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, बेलायत, संयुक्त राज्य अमेरिका र स्कान्डिनेभियाली देशहरूमा नीति परिवर्तन किन गर्ने भन्ने बिषयमा बहस चलेको बताइएको छ ।

“यो सामाजिक लोकतान्त्रिक गतिविधिको पक्षपोषण गर्ने मुलुकहरूमा मात्र होइन अन्य मुलुकहरू,जहाँ धेरै काम गर्नुलाई सामान्य मानिन्थ्यो, ले पनि बहस चलाएका छन्,” ‘सर्टरः वर्क वेटर, स्मार्टर एण्ड लेस’ का लेखक एलेक्स सजिङ–किम पाङले वासिङ्टन पोष्टमा उल्लेख गरेका छन् ।

फिनल्याण्डका प्रधानमन्त्रीले यस उपायलाई सकारात्मक भन्दै देशमा प्रचारमा ल्याएका छन् । बेलायतको लेबर पार्टीले पनि न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्डनको विचारप्रति समर्थन जनाउँदै अभियानकै रूपमा बहस चलाएको छ । जापानमा माइक्रोसफ्ट कम्पनी, अमेरिकामा शेक श्याकले पनि ‘सर्टरः वर्क वेटर, स्मार्टर एण्ड लेस’ लाई सकारात्मक बताएका छन् ।

गत वर्ष गरिएको बेलायती एक अध्ययनले भने नेतृत्व सम्हालेका ६४ प्रतिशत अर्थविद् तथा व्यवसायीहरूले कर्मचारीको उत्पादनमा वृद्धि गर्ने बताएका थिए भने ७७ प्रतिशत कर्मचारीले यसले गुणस्तरीय जीवनसँग जोडेका देखाएको छ । सोही अध्ययनले रोजगारीका प्रमुख सीमाहरूमा कर्मचारीतन्त्रबाट समस्या आउने देखाएको थियो ।

महामारी पहिले बेलायतस्थित एक अनुसन्धाता करेन जाँसेँ सन् २०३० पहिले साप्ताहिक कार्यभारलाई चार दिनमा झार्ने बिषय सम्भव नभएको बताएका थिए। सबै कामदारमा एकरूप हुनेगरी अघि बढाउन अहिलेको अवस्थामा यो व्यवस्था कठिन भएको धारणा राखेका थिए ।

तर अध्ययनमा केहीले दैनिक कार्यसमयलाई घटाउने तर सातामा चार दिन मात्र काम गर्ने कुरा असम्भव बताएका थिए भने कतिपयले दैनिक कार्यसमयलाई आठ घण्टाबाट बढाउनुपर्ने सुझाब दिएका थिए ।

तर महामारीले करोडौँ मानिस वेरोजगार बनेका समय वर्तमान श्रम समयलाई चार दिन बनाउँदा धेरैले रोजगारीको अवसर पाउने बहस पनि चलेको छ । औपचारिक जारिरहरूमा सङ्कटका कारण करार र समयमा असमानता बढेको चर्चा पनि बढेको अध्ययनले बताएको छ ।

श्रम विवादलाई सातामा चारदिन काम गर्ने कार्ययोजनाले हल गर्ने जाँसेँले बताएको वासिङ्टन पोष्टले बताएको छ ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending