जाजरकोट । जिल्लामा भिटिएम नहुँदा कोरोनाको पिसीआर परीक्षण हुनसकेको छैन । जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टिनमा राखिएको छ तर स्वाब सङ्कलनका लागि भिटिएम नहुँदा भारतबाट आएकाहरुको परीक्षण हुनसकेको छैन ।
सरकारले भिटिएम नपठाउँदा उनीहरुको स्वाब सङ्कलन हुन नसकेको हो । भिटीएममा शङ्कास्पदको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ तर किट अभावमा परीक्षण हुनै नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । गत ३ चैतदेखि क्वारेन्टिनमा बसेका जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण हुन नसकेको बताए । दुई हप्ता क्वारेन्टिनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण हुन नसकेको बताए ।
करिब ५०० को आरडिटी र ७४ जनाको पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ तर लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन् । भारतबाट आएकाको पिसीआर परीक्षण नहुँदा स्थानीय त्रसित बनेका छन् । १४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सुनिल पुनले बताए । उनले भने, “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ । माग गरेका छौँ आइपुगेको छैन । आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ ।”
बारेकोटले परीक्षण थाल्यो
सङ्घीय र प्रदेश सरकारले कोरोना परीक्षणका लागि किट नपठाएपछि जाजरकोटको बारेकोट गाउँपालिकाले आफैँले पहिलो चरणमा ५०० भिटीएम खरिद गरेर स्वाब सङ्कलन थालेको छ । भारतबाट आएकाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने भिटीएम खरिद गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । उनले प्रदेश अस्पताल र जिल्ला अस्पतालसँग समन्वय गरेर बिहीबारदेखि स्वाब सङ्कलन थालिएको बताए । अपुग भए पुनः झिकाएर परीक्षण गराउने उनको भनाइ छ । बारेकोटले आफैँले भिटीएम खरिद गरेर परीक्षण थालेपछि जिल्लाका अन्य पालिकाले पनि किट खरिद गर्न थालेका छन् । कुशे र भेरीले पाँच÷पाँच सय भिटीएम झिकाइसकेको बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: