Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

फइल तस्विर
खबरडबली संवाददाता

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१–८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । चालु आव सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाले बताए ।

“गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झन्डै ३०० प्रतिशतले वृद्धि भयो”, उनले भने, “भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएको यो पहिलोपटक हो ।” भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेको उहाँले बताए । यस याममा गर्मी छल्न पनि भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् ।

आयोजना कार्यालयको आकडाअनुसार गत जेठसम्ममा भित्रिएका कुल पर्यटकमध्ये तीन लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र एक लाख २१ हजार ९९३ अन्य मुलकका रहेका छन् । जेठमा मात्र एक लाख २७ हजार ४५९ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका हुन् । गत वर्ष जेठमा उक्त सङ्ख्या जम्मा ३१ हजार ९५५ मा सीमित थियो । यस वर्ष वैशाख–जेठमा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

मनसुन भित्रनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको उहाँको भनाइ छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ । पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending