Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धितः समुदायमा कोरोना फैलिने जोखिम

सिरहा । सिरहाका विभिन्न गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धितसँगै सङ्क्रमण समुदायमै फैलिने जोखिम बढेको छ ।

भारतबाट फर्केर सिरहाको बरियारपट्टि र औरही गाउँपालिकास्थित क्वारेन्टिनमा बसेकाहरुले जथाभावी फोहर फाल्ने र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा क्वारेन्टिनस्थल दुर्गन्धित बन्नुका साथै समुदायमै कोरोना फैलिने जोखिम बढ्ेको हो ।

बरियारपट्टि गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालय प्राविधिकको क्वारेन्टिनमा बसेकाहरुले चिया नास्ता र खाना खाएको कागजको प्लेट तथा प्लाष्टिकको गिलास जथाभावी फाल्दा क्वारेन्टिनस्थल दुर्गन्धित बनेको स्थानीयवासीले गुनासो गरेका छन् । “प्लेट, गिलास र प्लाष्टिकका झोला जताततै फालिएको छ”, बरियारपट्टि गाउँपालिकाका मुकेश यादवले भन्नुभयो, “जसका कारण क्वारेन्टिनस्थल त दुर्गन्धित बनेको छ नै जथाभावी फालिएको फोहरका कारण बस्तीमा कोरोना भाइरससँगै अन्य रोगको सङ्क्रमण फैलिने जोखिम बढ्ेको छ ।” क्वारेन्टिनमा बसेकाहरुले व्यवस्थितरुपमा फोहर नफाल्दा यतिबेला क्वारेन्टिनस्थल वरिपरि दुर्गन्धले त्यहाँ जान नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

बरियारपट्टि गाउँपालिकाले बनाएको सो क्वारेन्टिनमा भारतबाट फर्किएका ६८ जना बसिरहेका छन् । क्वारेन्टिनमा बसेकाका लागि बरियारपट्टि बजारबाट प्लाष्टिकको झोलामा खाना प्याकिङ गरी पु¥याउने गरिएको छ । होटल सञ्चालकले प्लाष्टिकको झोलामा प्याकिङ गरी पठाएको खाना, नास्ता र चिया खाएपछि प्लेट र गिलास खाल्डो खनेर पुर्नुपर्नेमा त्यसो नगर्दा क्वारेन्टिनस्थल दुर्गन्धित हुनाका साथै ती फोहर बस्तीसम्मै पुग्ने गरेकाले बस्ती नै सङ्क्रमणको जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।

बरियारपट्टि गाउँपालिकासँगै टाँसिएको औरही गाउँपालिकाको क्वारेन्टिनमा पनि यस्तै समस्या देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । “क्वारेन्टिनस्थलमा थोरै सङ्ख्यामा शौचालय छ”, औरही गाउँपालिका–४ का शिवदयाल यादवले भने, “जसका कारण क्वारेन्टिनमा बसेकाहरु खुल्लारुपमै शौच गर्दा दुर्गन्ध फैलिएको छ, वरिपरि बस्ने अवस्था छैन ।” औरही गाउँपालिकाले स्थानीय विद्यालयमा बनाएको क्वारेन्टिनमा अहिले ५५ जना बसेको प्रहरी चौकी औरहीका प्रहरी हवल्दार उमेश यादवले बताए । “क्वारेन्टिनमा बसेकाहरुले क्वारेन्टिन नजिकै रहेको पोखरीको डिलमा खुल्ला शौच गर्नाका साथै प्लेट र गिलाससमेत फाल्ने गरेका कारण पोखरीसमेत दुर्गन्धित बनाएको छ”, औरहीका अर्का स्थानीय दिलीप यादवले भने, “यो विषयमा पटक पटक गाउँपालिकाका अध्यक्षलाई जानकारी गराउँदासमेत सरसफाइतर्फ कुनै पहल हुन सकेको छैन ।” जसका कारण सिङ्गो गाउँले समस्यामा परेको उहाँले बताए।

यता बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले क्षमताभन्दा बढी व्यक्ति आएकाले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो । “क्वारेन्टिनमा ५० जना राख्न सक्ने क्षमता छ, त्यहीअनुसार हामीले श्यया, झुल, साबुनलगायतको व्यवस्था मिलाएका छौँ, तर त्योभन्दा बढी व्यक्ति भएकाले व्यवस्थापन मिलाउन समस्या भइरहेको छ ।” भारतबाट फर्किएका अधिकांशमा कोरोना सङ्क्रमण देखिएकाले क्वारेन्टिनको सरसफाइ गर्न बाहिरका व्यक्ति नमानेकाले पनि फोहर थुप्रिएको उनले स्वीकारे ।

“क्वारेन्टिनको सरसफाइ गरिदिन थुप्रै व्यक्तिलाई आग्रह गरेँ तर कसैले मानेनन्”, गाउँपालिकाका अध्यक्ष महतोले भने, “त्यसपछि झाडु किनेर क्वारेन्टिनमा बसेकालाई नै सरसफाइ गर्न जिम्मा दिएका छौँ, उहाँहरुले भित्र मिलाएर सरसफाइ गर्ने गरे पनि बाहिर सरसफाइ हुन सकेको छैन ।” “विद्यालयमा भएका चारवटा शौचालयबाट नपुग्ने भएपछि थप ६ वटा शौचालय बनाएका छौँ”, उनले भने “हामीले शौचालय त बनाइदियौँ तर शौचालय सफा गर्ने व्यक्ति नहुँदा दुर्गन्धित बनेको छ, के गर्ने के नगर्ने भन्ने हामीलाई समस्या भइरहेको छ ।” सरसफाइको समस्या भएपछि स्थानीयवासीबाट क्वारेन्टिन अन्यत्र सार्न दबाब आउने थालेको गाउँपालिका अध्यक्ष महतोको दुखेसो छ । यद्यपि वैकल्पिक उपायबारे सोचिरहेको उहाँको भनाइ छ ।

“एकातिर भारतबाट दैनिक आउनेको सङ्ख्या बढ्दै गएको छ अर्कोतिर कोरोना परीक्षण गर्ने किट छैन”, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भने, “किट नभएपछि क्वारेन्टिनमा १४ दिन बिताएकालाई पनि घर पठाउन सकिरहेका छैनौँ ।” जसका कारण क्वारेन्टिनको व्यवस्थापनसँगै सरसफाइमा चुनौती बढ्दै गएको अध्यक्ष यादवको कथन छ । सिरहाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा एक हजार ५१४ जना बसिरहेका छन् ।

भारतबाट फर्किनेको सङ्ख्या दिनहुँ बढ्दै गएपछि जिल्लाको भगवानपुर, बरियारपट्टि, माड्र, औरही, लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकामा क्वारेन्टिनमा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको छ । “सिरहामा पहिला २६५ क्वारेन्टिन श्यया थियो”, सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले भने, “तर अहिले हामीले प्रमुख ६ स्थानमा क्वारेन्टिन थप गरेका छौँ, जिल्लामा क्वारेन्टिन श्यया ९०० पु¥याएका छौँ ।”

“प्रदेश नं २ सरकारले समेत जिल्लामा पहिलाको भन्दा ८० आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ, हामीले पनि थप्ने तयारी गरिरहेका छौँ”, प्रजिअ गुरागार्इंले भन्नुभयो, “ सम्भवतः जिल्लामा आइसोलेशन श्यया १०० पु¥याउने छौँ, त्यसैले जिल्लामा क्वारेन्टिन र आइसोलेशनको खासै समस्या छैन, किटकै बढी समस्या छ ।” किटको व्यवस्थापन जति छिटो हुन्छ, त्यति नै राम्रो हुन्छ उहाँको भनाइ छ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म दुई प्रहरी कर्मचारीसहित १४ जना पुगेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy