जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान असहज अवस्था एमाले र कांग्रेसकै कारण सिर्जना भएको आरोप लगाएका छन्। सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा उनले २०४६ सालपछि बनेका सरकारहरूमा यी दुई दलकै प्रमुख भूमिका रहेकाले सुशासन, विकास र समृद्धि नआएको दाबी गरे।
यादवले शिक्षा, स्वास्थ्य र उद्योगजस्ता आधारभूत क्षेत्रलाई सुदृढ बनाउनुपर्ने ठाउँमा निजीकरण र पार्टीकरण गरिएको बताउँदै त्यसको असर सरकारी संरचनामा परेको उल्लेख गरे। “सुशासन र रोजगारीको अभावले युवा पुस्ता आक्रोशित बनेको छ, यही कारण देश असहज अवस्थामा पुगेको हो,” उनले भने।
सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले चुनावी प्रतिबद्धता जितेपछि बिर्सने प्रवृत्ति एमाले र कांग्रेसमा देखिएको आरोप लगाए। “बाटो, अस्पताल, विद्यालय, सिँचाइको वाचा गर्ने नेताहरूसँग ती काम किन भएनन् भनेर जनताले निरन्तर प्रश्न गर्नुपर्छ,” उनले भने, “जनताले प्रश्न गरे मात्र नेता जिम्मेवार बन्छन्।”
जसपाकै कारण देशमा वैकल्पिक राजनीति र परिवर्तन सम्भव भएको दाबी गर्दै उनले मतदातालाई जसपाका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे। आफू सप्तरी–२ बाट निर्वाचित भएपछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा पूर्वाधार विकास, इन्जिनियरिङ र नर्सिङ कलेज भवन निर्माण तथा पक्की सडकजस्ता योजनाहरू अघि बढेको र केही अन्तिम चरणमा पुगेको उनले बताए।
कार्यक्रममा जसपा नेतृ तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य चन्देश्वर सदा, समानुपातिक उम्मेदवार स्वस्तिका चौधरी, सङ्गीता मण्डल, चुल्हाइ मण्डल, जिल्ला अध्यक्ष सुनिलकुमार झा, उपाध्यक्ष हरेराम यादव, सचिव जयनारायण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
शनिबारै रुपनी गाउँपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रममा अध्यक्ष यादवसहितका नेताहरू सहभागी भए। रुपनी बजारमा जसपा नेपालको सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ। साथै, तत्कालीन रायपुर गाविसका पूर्व अध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: