एजेन्सी । आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका छन् । आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार जिवितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
मा भनेर चिनाइएका ५८ वर्षीय पुरुषलाई आफ्नो आमाको हत्याको प्रयासमा मुद्दा चलाइएको प्रहरी अधिकारीले जनाकारी दिएका छन् ।
गत मंगलबार ती व्यक्तिका पत्नीले माले आफ्नो आमालाई गाडामा हालेर लगेको र त्यसपश्चात आमा घर नफर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् ।
प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पुरेको स्वीकार गरेपछि सो दिन उनको उद्धार गरिएको थियो ।
‘प्रहरीले चिहान खन्दा मा त्यहीँ उपस्थित थिए । आमालाई जिउँदो पाउँदा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्,’ एक प्रहरी अधिकारीले भने ।
द पेपर डट सीएनका अनुसार माको पिताको मृत्युपछि उनको आमाले दोस्रो विवाह गर्दै कान्छा छोरासँग जान्सु प्रान्तमा बस्न गएकी थिइन् । १२ वर्षीय मालाई भने काकासँग बस्न पठाइएको थियो ।
आफ्नो पतिको मृत्युपछि उनी केही वर्षअघि मात्र जिङवियानमा फर्किएका थिए । केही समय कान्छा छोरासँग बसेकी उनी स्वास्थ्यमा समस्या देखिन थालेपछि मासँग बस्न आएकी थिइन् ।
प्रहरीका अनुसार उनी गत नोभेम्बरमा ओछ्यानमा नै थला परेपछि मा उनीसँग रुष्ट बन्न थालेका थिए । रातोपाटी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: