काठमाडौँ । बेलायतमा सात बालिका र एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपाली नागरिकलाई २५ वर्षको जेल सजाय सुनाइएको छ।
पिटरबरो निवासी ४९ वर्षीय प्रमोद ढकालले नेपाली समुदायभित्र धार्मिक कार्यक्रम र सामाजिक पहुँचमार्फत विश्वास जितेर वर्षौँसम्म बालिका तथा महिलामाथि दुव्र्यवहार गर्दै आएको अभियोग अदालतमा पुष्टि भएको हो। क्याम्ब्रिज क्राउन कोर्टमा सुनुवाइका क्रममा ढकालले आठ वर्षीया बालिकासमेत बलात्कार गरेको तथ्य प्रस्तुत गरिएको थियो।
धार्मिक समारोह सञ्चालन गर्दै आएका ढकाल १७ वर्षअघि नै यस्ता अपराधमा संलग्न हुन थालेको अभियोजन पक्षले जनाएको छ। अदालतले उनलाई १३ वर्षभन्दा कम उमेरका पाँच र १३ वर्षभन्दा माथिका दुई बालिकालगायत आठजनामाथि गरेका २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्ष कैद सजाय सुनाएको हो।
अभियोजनकर्ता क्लेयर म्याथ्यूजका अनुसार पीडितमध्ये एक बालिकाले ढकाललाई ‘दोस्रो बुबा’को रूपमा विश्वास गरेकी थिइन्। सांस्कृतिक दबाब र सामाजिक भयले गर्दा बाल्यकालमै दुर्व्यवहार सार्वजनिक गर्न नसकेको उनले बताए।
ढकालका अधिकांश अपराधहरू पिटरबरोमै भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: