Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै समानुपातिक ढङ्गले भौतिक पूर्वाधारमा बजेट वितरण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको विनियोजन विधेयकमा प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर बजेटलाई समानुपातिक ढङ्गले वितरण गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले बजेटको ‘सिलिङ’ घटेको तर चालु आवमा सञ्चालित आयोजनालाई निरन्तरता दिनुपर्ने भएकाले आगामी आवमा थप नयाँ आयोजना समावेश गर्न नसकिएको बताए।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका कारण चालु आवमा विनियोजित रकमको तुलनामा भौतिक पूर्वाधार क्षेत्रमा रु २२ अर्बले न्यून रहेको उनको भनाइ थियो । वर्तमान असहज परिस्थितिका बाबजुद औचित्य र आवश्यकताका आधारमा केचना–कञ्चनजङ्गा पर्यटकीय मार्ग, तमोर कोरिडोर, मिर्चैया–कटारी–घुर्मी–सल्लेरी, निर्वाचन क्षेत्र रणनीतिक सडकलगायत थोरै मात्र नयाँ आयोजना समावेश गर्न सकिएको उनको प्रष्टोक्ति थियो ।

मन्त्री नेम्वाङले विगतमा शुरु गरिएको राष्ट्रिय गौरवका आयोजना उत्तरदक्षिण लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी ९पुष्पलाल० राजमार्ग, दु्रत मार्गजस्ता आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न यथोचित ध्यान दिँदै आवश्यक मात्रामा बजेट विनियोजन गरिएको बताए । “विगत वर्षदेखि सञ्चालन हुँदै आएका ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई कम्तीमा पनि चार लेनको सडकका रुपमा स्तरोन्नति गर्ने कार्यको थालनी गरी झापाको काँकडभिट्टादेखि रुपन्देहीको बुटवलसम्मको खण्डलाई अगाडि बढाउन प्रयत्न गरिएको छ”, उनले भने, “निर्मित सडकको मर्मतसम्भार तथा सडक सुरक्षालाई ध्यान दिई आवश्यक रकम विनियोजन गएिको छ । सडक सुरक्षा परिषद् ऐन संसद्मा पेश गर्न मस्यौदा तयार भइसकेको छ ।”

तराई–मधेश पूर्वाधार सडक विशेष कार्यक्रम तथा सडक पूर्वाधार विकास कार्यक्रमलाई सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको उनको भनाइ थियो । यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा रु १० करोड बराबरको खरीद प्रक्रिया अघि बढ्नाका साथै निर्वाचन क्षेत्र रणनीतिक सडकमा बजेट विनियोजन गरिनाले भौगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरिएको उनले बताए ।

मन्त्री नेम्वाङका अनुसार नागढुङ्गा तथा सिद्धार्थ सुरुङमार्ग निर्माण प्रक्रियालाई दु्रत गतिमा अघि बढाउनाका साथै अन्य सात सुरुङ मार्ग निर्माणको अध्ययनका लागि बजेट विनियोजन गरिएको छ । उनले काठमाडौँ उपत्यकाकाको बढ्दो सावारी जामलाई ध्यानमा राखी ‘अण्डरपास’ र उपत्यकाभित्र आगामी वर्ष ‘फ्लाइ ओभर’ निर्माण गर्न बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिँदै आगामी आवमा झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवा खण्डको निर्माणका लागि स्रोतको सुनिश्चितता गरिएको बताउँदै उनले काठमाडौँ–केरुङ तथा काठमाडौँ–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणका निम्ति चीन र भारतसँग सम्झौता गरिएको बताए। आगामी आवभित्र नेपाली झण्डा फहराउँदै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनमा आउने उनको भनाइ थियो ।

यातायातको नयाँ क्षेत्रका रुपमा रेल तथा जलयातायातलगायत अन्य पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको उनले बताए । उनका अनुसार सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि ऐन निर्माण गर्न राष्ट्रियसभाबाट पारित सार्वजनिक यातायात प्राधिकरण विधेयक प्रतिनिधिसभामा टेबुल भइसकेको छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने सरकारको योजना रहेको पनि उनको भनाइ थियो । उनले सङ्घीय राजधानीलाई थप व्यवस्थित बनाउन सरकारले विभिन्न स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिएको र सोहीअनुसारको बजेट विनियोजन गरिएको बताए ।

यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य भई प्रतिस्पर्धात्मक रुपमा सार्वजनिक सवारी सञ्चालनमा आई जनताले सुविधा प्राप्त गर्न थालिसकेको मन्त्री नेम्वाङले बताए । उनले भौतिक निर्माणको क्षेत्रमा रहेको बेथिति हटाउन सरकारले कानूनी तथा संरचनागत कामसमेत गरेको र त्यसले आगामी दिनमा थप सकारात्मक नतिजा निकाल्ने विश्वास पनि व्यक्त गरे ।

उनका अनुसार महाकाली कोरिडोर हुँदै दार्चुलाको तितङ्करसम्म पुग्ने सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिइएको र आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies