Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

आगामी वर्ष थप १३०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने

काठमाडौं । ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताए ।

उनले आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोशी र निजी लगानीबाट प्रवद्र्धित अन्य आयोजना सम्पन्न भई विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताए। देशमा हालसम्म कुल विद्युत् उत्पादन जडित क्षमता एक हजार ३८६ मेगावाट पुगेको छ ।

उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काममा अवरोध सिर्जना हुँदा तोकिएको समयमै सम्पन्न गर्न नसकिएको प्रष्टोक्ति दिए । आगामी आर्थिक वर्षको शुरुआतमै तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने उनको भनाइ थियो ।

एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण करीब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी आर्थिक वर्ष सो कार्य सम्पन्न गरी निर्माणका लागि प्रक्रिया अघि बढाइने मन्त्री पुनले जानकारी दिए । यसका अतिरिक्त हरेक प्रदेशमा कम्तीमा एक ‘मेगा प्रोजेक्ट’को विकास गर्ने गरी दूधकोशी, माथिल्लो अरुण, प्रदेश÷२ मेगा सोलार, तामाकोशी÷५, नौमुरे, नलगाड, जगदुल्ला, वेतन कर्णाली, फुकोट कर्णाली, चैनपुर सेतीलगायत आयोजनाको विकासका लागि प्रक्रिया अघि बढाइने उनले बताए।

अन्तरराष्ट्रिय लगानीमार्फत सार्वजनिक निजी साझेदारीमा तमोर, माडी, पश्चिम सेती र सुनकोशी÷३ आयोजनाको अध्ययन सम्पन्न गरी निर्माण अघि बढाइने उनको भनाइ थियो । मन्त्री पुनले जलविद्युत् आयोजनाको विकासमा लगानी व्यवस्थाका लागि सार्वजनिक–निजी साझेदारी अवधारणानुरुप जनताको जलविद्युत् कार्यक्रममार्फत निजी क्षेत्रबाट समेत लगानी सङ्कलन गरी माथिल्लो अरुण, भेरी बबई डाइभर्सन तथा तामाकोशी–५लगायत जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण अघि बढाइने बताए ।

विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाई देशभित्र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्न प्रसारण लाइन निर्माणमा पर्याप्त विनियोजनसहित विशेष प्राथमिकता दिइएको उनको भनाइ थियो । निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा, हेटौँडा–भरतपुर–बर्दघाट, कालीगण्डकी कोरिडोर, मस्र्याङ्दी कोरिडोर आदि निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने र बुटवल–कोहलपुर, भेरी कोरिडोर, कोशी कोरिडोर, प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गरिनेछ । न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण नेपाल र भारतको संयुक्त लगानीमा अघि बढाइने मन्त्री पुनले जानकारी दिए।

उनका अनुसार सेवालाई थप भरपर्दो बनाउँदै पहुँचमा वृद्धि गरी देशभित्र विद्युत् ऊर्जाको खपत बढाउन १३२ केभी तथा ३३ केभी सबस्टेशनहरुको स्तरोन्नति तथा विस्तार गरिने छ । आगामी आवमा ग्रामीण विद्युतीकरणमा समेत विशेष प्राथमिकता दिई रु चार अर्ब बजेट विनियोजन गरिएको उनले जानकारी दिए। प्रदेश नं २, वाग्मती, गण्डकी र प्रदेश नं ५ मा आगामी वर्ष पूर्ण रुपमा विद्युतीकरण गरिने उनको भनाइ थियो ।

साथै प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वितरण प्रणाली विस्तारका लागि बहुवर्षीय ठेक्का सम्झौता सम्पन्न गरी आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने मन्त्री पुनले बताए । सिंँचाइ र कृषिका लागि आवश्यक विद्युत् सुलभ रूपमा उपलब्ध गराउन विशेष प्राथमिकता दिइने उनको भनाइ थियो ।

राष्ट्रिय प्रसारण तथा वितरण प्रणालीमार्फत विद्युतीकरण नभएका कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्थानीय तह, प्रदेश सरकार तथा निजी क्षेत्रसमेतको सहकार्यमा २०० सोलार ‘मिनी ग्रीड’ मार्फत ग्रामीण विद्युतीकरण गर्ने कार्य अघि बढाइने उल्लेख गर्दै मन्त्री पुनले राष्ट्रिय ग्रीड नपुगेका ९७ पालिका र स्वास्थ्य केन्द्रलाई पहिलो प्राथमिकता दिइने बताए । विद्युत्को घरायसी खपत कम हुने समयमा बढी ऊर्जा खपतका लागि उद्योगलाई प्रोत्साहन गरिने उनको भनाइ थियो ।

उपलब्ध जलस्रोत तथा ऊर्जाको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विद्युतीय सवारी साधन तथा विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गराउने नीतिबाट सरकार पछि नहटेको प्रष्टीकरण दिँदै मन्त्री पुनले विद्युत् आपूर्तिको सुनिश्चिततासहित ‘चार्जिङ स्टेशन’ निर्माण तथा सञ्चालन गर्ने कार्य जारी रहेको र आगामी आवभित्र ५० स्टेशन निर्माण गरिने बताए ।

जलविद्युत् आयोजनाको निर्माणका क्रममा नेपालमा उत्पादन नहुने विभिन्न निर्माण सामग्री तथा विद्युतीय उपकरणमा मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार लाग्दै आएको जानकारी दिँदै उनले पेनस्टक पाइपलाई यथावतै राखी पातामा केही भन्सार थप भए तापनि आगामी दिनमा यसमा आवश्यक संशोधन गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

तीन तहको समन्वयमै जलस्रोत
मन्त्री पुनले देशमा उपलब्ध जलस्रोतको विकास, व्यवस्थापन तथा उपयोगका लागि तीन तहका सरकार तथा उपयोगकर्ताबाट जलस्रोतको योजनाबद्ध रुपमा संरक्षण, विकास, व्यवस्थापन गरिने बताए । उनले आगामी आवमा प्रमुख तथा ठूला नदीको नदी बेसिन योजना बनाउने कार्य सम्पन्न गरी कार्यान्वयन गरिने जानकारी दिए।

सिञ्चित कृषि क्षेत्रको अभिवृद्धिका लागि राष्ट्रिय गौरवका सिक्टा, रानी जमरा कुलरिया, भेरी–बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाको निर्माणलाई शीघ्र सम्पन्न गर्ने गरी थप तीव्रता दिइने उल्लेख गर्दै उहाँले आगामी आवमा महाकाली सिँचाइ आयोजना ९तेस्रो चरण० लाई समेत राष्ट्रिय गौरवको आयोजनाका रुपमा शीघ्रताका साथ अघि बढाइने बताए ।

मन्त्री पुनले पहाडी तथा हिमाली क्षेत्रका सिँचाइ सुविधा नपुगेका नदी छेउछाउका सबै कृषियोग्य टारमा सौर्य उर्जाको समेत उपयोग गरी सिँचाइ सेवा उपलब्ध गराएर कृषिमा स्वरोजगार सिर्जनामा समेत सहयोग पु¥याउन सम्भाव्य सबै योजनाको पहिचान गरी सम्भाव्यताका आधारमा लिफ्ट सिँचाइ योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको सदनलाई जानकारी दिए। यसबाट आगामी आवमा मात्र थप करीब ५०० हेक्टरमा सिँचाइ सुविधा पुगी सीमान्तकृत समुदाय लाभन्वित हुने उनको भनाइ थियो । तराई –मधेशका सबै जिल्ला तथा पालिकाका सम्भाव्य र अन्य सिँचाइको विकल्प नभएका स्थानमा प्राथमिकताका आधारमा करीब पाँच हजार थान स्यालो र २४७ डिप ट्युववेल निर्माण गरी करीब २२ हजार हेक्टरमा सिँचाइ सेवाको थप विस्तार गरिने उनले बताए।

मन्त्री पुनले तराई–मधेशका सीमा क्षेत्रमा हुने कटान तथा डुबानलाई दिगो रुपमा न्यूनीकरण गर्न भारतसँगका द्विपक्षीय संयन्त्रलाई थप प्रभावकारी बनाइनाका साथै समस्याग्रस्त स्थलको नियमित रुपमा संयुक्त अनुगमन र निरीक्षण गरी समस्या समाधानका उपायको प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए । आगामी आवमा पाल्पा र उदयपुरमा मौसमी राडार स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गर्दै उहाँले आधुनिक तथा स्वचालित जल तथा मौसम मापन उपकरण एवं प्रणालीको विस्तार तथा सुदृढीकरण गरी बाढी, चट्याङ, हावाहुरी जस्ता जल तथा मौसम पुर्वानुमान प्रणालीलाई भरपर्दो बनाइने बताए । आगामी आवका लागि ऊर्जा मन्त्रालयलाई कुल रु ९९ अर्ब २९ करोड ४८ लाख बजेटमध्ये ऊर्जातर्फ रु ७२ अर्ब ६० करोड तीन लाख र जलस्रोत तथा सिँचाइतर्फ रु २६ अर्ब ६९ करोड ४५ लाख विनियोजन प्रस्ताव गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE