Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सीमा समस्याबारे बल्ल बोल्यो भारत, भन्यो, ‘समस्याको निकास वार्ताबाटै’

काठमाडौं । भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुई पक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा उसले पुरानै धारणा दोहोर्‍याएको हो ।

सीमाको विषयलाई लिएर भारत–नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने स्पष्ट पारेका हुन् ।

‘सीमा विवाद र नेपालसँगको सम्बन्धलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रस्ट पारिसकेको छ,’ श्रीवास्तवले ब्रिफिङमा भने, ‘भारतले नेपालसँग सभ्यता, संस्कृति र आत्मीय सम्बन्धलाई अत्यन्त महत्व दिन्छ । केही समययता हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन भइरहेको र त्यसको क्रम बढ्दो मात्र होइन, विविधीकरण उन्मुख छ ।’

नेपाललाई भारतले विकास र अन्य सहायता वृद्धि गर्दै लगेको पनि उल्लेख गर्दै छिमेकमा आएको समस्या समाधान गरेरै अघि बढ्ने उनले खुलाए । गत कात्तिकमा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा पारेपछि नेपाल–भारतबीच दुईपक्षीय वार्ता गर्ने विषय उठे पनि अझै त्यसले सार्थकता पाएको छैन ।

गत कात्तिकमा राजनीतिक नक्सा र गत वैशाख अन्तिम साता नेपाली भूभागमै सडक निर्माण गर्दै त्यसको उद्घाटन गरेपछि नेपालले पनि त्यस क्षेत्रलाई समेटेर राजनीतिक र प्रशासनिक नक्सा जेठ पहिलो साता जारी गरेको थियो ।

उक्त नक्सा जारीसँगै ती भूभाग दुवै मुलुकको राजनीतिक नक्सामा परेका छन् । तर १८१६ को सुगौली सन्धिअनुरूप त्यो क्षेत्र नेपालको पुष्टि भएको भनिए पनि भारतले आफ्नै भूभाग भन्दै दाबी गरिरहेको छ ।

भारतभित्र पनि एकाथरी बुद्धिजीवीले नेपालसँग सम्बन्ध बिगार्न नहुने र नेपालको प्रमाण रहेको खण्डमा त्यस भूभाग छाडिदिनुपर्ने सुझाउँदै आएका छन् । भारतका राजनीतिक नेतृत्वले नेपालसँगको त्यो समस्याबारे खासै बोलेका छैनन् ।

तर, हाम्रा प्रधानमन्त्री केपी ओलीदेखि सबै मन्त्रीले आलोपालो मिलाएर बोलिरहेका छन्। अझै पनि वार्ता अनुकूल वातावरण बनाउन भने हाम्रो नेतृत्वले सकेको छैन । नेपालले स्पष्ट अडान राखिसकेको र भारतले वार्ता गर्ने बताउँदै आएकोबाहेक अन्य कुरा अघि बढेको छैन । कूटनीतिक कर्मचारीले भने राजनीतिक नेतृत्वले जथाभावी बोलेर वार्ताको वातावरण तय गर्न नसकेको बताइरहेका छन् ।

वैशाख अन्तिम साता नेपाली भूमि हुँदै चीनको मानसरोवरसम्म जोड्ने ट्र्याकको उद्घाटन रक्षामन्त्री राजनाथ सिंहले नै गरेपछि यसलाई भूराजनीति र रक्षा नीतिसँग जोडेरसमेत हेरिएको छ । दुवै छिमेकीबीच आपसी मतभेद कायम छ ।

नेपालले बुच्चे नक्सालाई चुच्चे बनाउँदै नयाँ नक्सा जारी मात्र गरेको छैन, संसद्बाट निसान छापमा परिमार्जन गर्नका लागि संविधान संशोधन प्रक्रिया पनि सर्वसम्मत ढंगले अघि बढाएको छ । नक्सा जारी र संविधानमै नयाँ निसान छाप राख्ने कार्यले भारत झस्किँदै यसलाई नजिकबाट नियालिरहेको छ ।

भारतले बंगलादेशसँगको सीमा विवाद वार्ताबाट समाधान गरेको हुनाले नेपालसँगको सीमा विवादमा पनि उसले त्यस्तै कुनै आधारमा अडेर समाधान गर्नेतर्फ जानुपर्ने सुझाव नेपालका कू्टनीतिज्ञ तथा राजनीतिक कर्मीले दिइरहेका छन् । प्रवक्ता श्रीवास्तवले नेपाललाई भारतले निकै निकटको सम्बन्धमा राखेर विगतदेखि नै सहयोग गर्दै आएको र यसमा वृद्धि गरिरहेको धारणा पनि राखेका छन् ।

द्विपक्षीय सम्बन्ध र साझेदारी राम्रो रहेको र आएका विवाद पनि सल्टाउँदै जाने क्रममा रहेको भन्दै भारतले नेपालसँगको समस्या वार्ताबाटै समाधान हुने जनाएको धारणा प्रवक्ताले स्पष्ट पारेका थिए । मानवीयता र विकासको सहकार्यमा भारतले आफ्नो तर्फबाट सहयोग वृद्धि गरिरहेको पनि जानकारी दिइएको छ । भारतले नेपाललाई कोभिड–१९ को महामारी नियन्त्रण र त्यसका लागि लड्न आवश्यक पर्ने सहायता पनि बढाइरहेको जानकारी दिएको छ ।

कोभिड विरुद्धको सहकार्यमा भारतले नेपाल लगायतको छिमेकी मुलुकलाई सघाएको जानकारी दिँदै छिमेक सम्बन्धलाई भारतले महत्व दिएको धारणा पनि उनलै बताएका थिए । नेपाल–भारत सम्बन्ध कुनै कोणबाट पनि धुमिल नभएको भन्दै उनले समस्याहरू वार्तामार्फत समाधान हुने बताए ।

उनले भने, ‘भारतले नेपालको वस्तुको व्यापार तथा आपूर्तिमा कुनै अवरोध गरेको छैन र गर्ने पनि छैन । लकडाउनका बाबजुद भारतले व्यापार तथा अत्याश्वयक वस्तु आपूर्तिमा सहजीकरण गरिरहेको छ ।’

नेपालीसँगको आत्मीय सम्बन्धका कारण भारतले विदेशमा अलपत्र परेका नेपालीलाई समेत आफ्ना नागरिकसँगै फिर्ता गरिरहेको पनि जनाएको छ । भारतले जापान, अस्ट्रेलिया र इन्डोनेसियालगायत मुलुकमा कोभिडका कारण अलपत्र परेका केही नेपालीलाई उद्धार गरेको थियो । कोभिडमा कम उद्धार गरेको देखिए पनि खाडी मुलुकमा समस्या पर्दा भने पहिले पनि भारतले निकै सहयोग गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy