इस्लामावाद । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोनभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ९३३ पुगेको पनि शुक्रबार जानकारी दिएको छ ।
त्यसैगरी कोरोनाभाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ । तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।
पञ्जाब प्रान्तमा सवैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमितहरु रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७८७ जना, बालुचिस्तानमा सात हजार ६७३ जना, इश्लामावादमा छ हजार ६९९ जना, गिल्गिट बाल्टिस्तानमा एक हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५३४ जना सङ्क्रमित रहेको अधिकारीहरुले जनाएका छन् ।
देशभरी कूल आठ लाख नौ हजार १६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घण्टामा २८ हजार ३४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: