विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै चार सिट सुरक्षित गरेको थियो।
पार्टीकी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका रूपमा सिफारिस गर्ने निर्णय भएको छ।
समानुपातिक सूची टुंग्याउने विषयमा पार्टीभित्र केही समय मतभेद देखिएको थियो। खस आर्य कोटामा पहिलो नम्बरमा रहेका जीवन विष्टले विवादका बीच आफ्नो नाम बन्द सूचीबाट फिर्ता लिएको घोषणा गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत पदका लागि विवाद गर्नु उपयुक्त नभएको उल्लेख गर्दै त्यागको उदाहरण प्रस्तुत गर्न खोजेको बताएका थिए।
विवाद उत्कर्षमा पुगेपछि पार्टी अध्यक्ष ले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै समानुपातिक विषयमा अनावश्यक दबाब दिनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । खोटाङ, भोजपुर र सुनसरी–१ मा विजय हासिल गर्दै पार्टीले राष्ट्रिय राजनीतिमा उपस्थिति बलियो बनाएको छ। समानुपातिकतर्फ थ्रेसहोल्ड पार गरेसँगै पार्टीले राष्ट्रिय दलको मान्यता पनि प्राप्त गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १२:२७
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...
बैशाख २ गते, २०८३ - १२:२६
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...
बैशाख २ गते, २०८३ - ११:५८
काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र ऊर्जा, जलस्रोत तथा खानेप...
बैशाख २ गते, २०८३ - ११:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...
बैशाख २ गते, २०८३ - ११:४८
पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...
बैशाख २ गते, २०८३ - ११:४६
नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ
बैशाख २ गते, २०८३ - ११:२१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...
बैशाख २ गते, २०८३ - ११:२०
काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...
बैशाख २ गते, २०८३ - ११:१९
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...
बैशाख २ गते, २०८३ - ११:०९
काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...


प्रतिकृया लेख्नुहोस्: