Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

संविधान संशोधनपछि के हुन्छ नेपाल–भारत वार्ता ?

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालपानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निसान छापमा समेट्ने गरी प्रतिनिधिसभाले शनिबार संविधान संशोधनसम्बन्धी विधेयक पारित गर्दैछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नयाँ नक्सा स्थायी भएको र लिम्पियाधुरा पूर्वका भूभागबाट भारतीय सुरक्षा निकाय, प्रशासनलाई खाली गर्ने एजेन्डामा भारतसँग वार्ता गर्ने निष्कर्ष निकालेको छ । तर, भारतीय पक्षले भने नेपालले लिएका कदमका कारण दुई देशबीच सहमति बन्ने सम्भावना टाढिँदै गएको अर्थ लगाउन थालेको छ ।

संविधान संशोधनपछि मध्यमार्गी समाधानको सम्भावना तत्काललाई समाप्त भएको भारतीय जानकारहरूको बुझाइ छ । मन्त्रिपरिषद्ले ५ जेठमा निर्णय गरेअनुसार ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा जारी गरिसकेको छ भने भारतसँग वार्ताका लागि कूटनीतिक नोट पनि पठाइसकेको छ ।

नेपालको नयाँ नक्सामा असहमति जनाउँदै भारत सरकारले वार्ताको सकारात्मक वातावरण नेपालले बनाउनुपर्ने अडान राखेको छ । नेपालको नयाँ नक्साप्रति असहमति जनाए पनि भारतका राजनीतिक नेता, पूर्वराजदूत, सुरक्षाविद्ले भने नेपालसँग वार्ताका लागि सरकारलाई दबाब दिइरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले ७ जेठमा जारी प्रेस नोटमा नेपालले कृत्रिम भूभाग विस्तार गरेको सीमा मान्य नभएको, वार्ताका लागि भारत तयार भएको, तर सकारात्मक वातावरण नेपालले बनाउनुपर्ने अडान सार्वजनिक गरेको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार भने, ‘नेपालको पछिल्लो परिस्थितिबारे हाम्रो अडान पहिलेकै हो ।’ नेपालले नयाँ नक्सा जारी गरिसकेको छ भने संविधान संशोधनको प्रक्रियामा सबै दलले समर्थन जनाएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार भारतीय टेलिभिजन इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा नेपालको नयाँ नक्सा स्थायी र अपरिवर्तनीय रहेको स्पष्ट पारेका छन् । उनको भनाइ छ, ‘नेपालका सबै राजनीतिक पार्टीले समर्थन गरेका छन् ।

नयाँ नक्सा स्थायी हो र यो परिवर्तन गर्ने कुनै पनि सम्भावना हुँदैन ।’ नेपालले अकाट्य प्रमाणका आधारमा जारी गरेको नक्साअनुसार भूभाग खाली गर्न भारतसँग वार्ता गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

स्रोतका अनुसार संविधान संशोधनको प्रक्रियालाई भारतले सहज रूपमा लिएको छैन । एक भारतीय कूटनीतिज्ञले नयाँ पत्रिकासँग भने, ‘अहिले भारतले गर्न सक्ने वा गर्नुपर्ने केही पनि छैन, किनकि भूमि भारतसँगै छ र भारतले सन् १८७९ को नक्सासहित आफ्नो दाबी पेस गरिसकेको छ ।’

ती कूटनीतिज्ञका अनुसार वार्ताप्रति भारत सैद्धान्तिक रूपमा सहमत छ, तर नेपालले लिएको कदमका कारण वार्ता गर्नुपर्ने अवस्था भारतले देखेको छैन । उनले भने, ‘नेपालले भारतसँग सहमति गर्ने ठाउँ नै नराखी संविधान संशोधनसम्मको कदम चालिसकेको छ । यो अवस्थामा के परिणामको अपेक्षा गरेर भारत सरकार नेपालसँग वार्तामा बस्ने ?’

साउथ ब्लकसँग नेपाल मामिलाबारे निरन्तर सम्पर्कमा रहेका एकजना पूर्वभारतीय कूटनीतिज्ञले व्यंग्य गरे, ‘भारत यसकारण शान्त छ किनभने भारतसँग जमिन छ । नेपाल पनि अब शान्त हुन्छ किनभने उसले नयाँ नक्सा जारी गरिसकेको छ । एउटासँग जमिन छ, अर्कासँग नक्सा छ । दुवै खुसी छन् । अब किन वार्ता गर्नुपर्ला ?’

उनको भनाइमा लिम्पियाधुराबाट ३७ किलोमिटर पूर्वको कालापानीकै आधिकारिक स्वामित्व दाबी गरेको भारतले नेपाली पक्षको माग पूरा गर्नका लागि वार्तामा बस्नुपर्ने आवश्यकता देखेको छैन । भारत कडा विरोध पनि नगर्ने र वार्ता पनि नगर्ने अवस्थामा छ । नेपालसँग वार्ताका सन्दर्भमा विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभालले अहिलेसम्म समय दिएका छैनन् ।

नेपालले नक्सा जारी गरिसकेको अवस्थामा पनि समाधानका लागि प्रयास गर्नुपर्ने भारत सरकारभित्र मत छ । स्रोतका प्राविधिक, कूटनीतिक र सुरक्षा अधिकारी सम्मिलित संयुक्त कार्यदल गठन गर्ने र त्यसको सिफारिस दुवै पक्षले कार्यान्वयन गर्ने समझदारी बनाउन भारतले प्रस्ताव गर्ने सम्भावना रहन्छ । एक भारतीय कूटनीतिज्ञका अनुसार यो समस्या प्रधानमन्त्री ओलीकै कार्यकालमा समाधान हुन सक्ने उनीहरूको बुझाइ छ ।

उनको टिप्पणी थियो, ‘ओलीजीको राजनीतिक आरोहणका लागि यो कदम चालिएको हो । नक्सा जारी भए पनि भविष्यमा हेरफेर गर्ने हैसियत ओलीसँग मात्रै छ, अरू सरकारले भविष्यमा सक्नेवाला छैनन् । त्यसकारण उनीसँग संवादको ढोका चौतर्फी खुला गर्नु बुद्धिमानी हुन्छ भन्ने यहाँको बुझाइ छ ।’

तर, नक्साको विषय प्राविधिक वा कर्मचारीको तहबाट समाधान हुने सम्भावना नेपाल र भारत दुवैले देखेका छैनन् । एक जना भारतीय कूटनीतिज्ञले दिल्लीबाट टेलिफोनमा भने, ‘राजनीतिक तहको संवाद हुनैपर्छ र उच्चस्तरीय राजनीतिक लेनदेनबाट मात्रै यो विषय समाधान हुने हो, नेपालको पछिल्लो निर्णयले तत्कालै उच्चस्तरीय लेनदेनको सम्भावना खुम्च्याएको छ, तर सम्भावना खोज्नुपर्छ भन्नेमा हामी छौँ ।’

नेपाल–भारत सम्बन्धमा सरकारनिकट रहेर काम गरेकाहरूले १६ कात्तिकमा कालापानी समेटेर नक्सा जारी हुनु, २६ वैशाखमा लिपुलेक जोड्ने सडकको उद्घाटन हुनु, २ जेठमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरभणेले उत्तेजक अभिव्यक्ति दिनुलगायत घटनाले नेपाललाई संविधान संशोधनसम्मको अवस्थामा पुर्‍याएको अनौपचारिक टिप्पणी गर्न थालेका छन् ।

जानकार अधिकारीले भने, ‘चीन फ्याक्टर र नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक राजनीतिक परिस्थितिमा ओलीजीलाई भएको प्रतिकूलतालाई मात्रै हेर्नु हुँदैन, त्यसबीचमा भारतले चालेका कदम कति सही थिए, कति गलत थिए भन्ने आकलन पनि हुनुपर्छ । सूक्ष्म रूपमा भए पनि यसको समीक्षा हुन थालेको छ ।’

वार्ताका लागि भारत सरकारमाथि चर्को दबाब

नेपाल सरकारले चीनको उक्साहटमा र आन्तरिक राजनीतिक खपतका लागि नयाँ नक्सा जारी गरेको निचोडमा भारतका सबै पक्ष पुगेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय सञ्चारमाध्यममा यसको खण्डन गर्दै नेपालको विवेक र चाहनामा नयाँ नक्सा जारी भएको र यो भारतको विरोधमा नभएको स्पष्ट पार्दै आएका छन् ।

सरकारी कदमलाई चीनसँग जोडेर हेरेका भारतीय पूर्व कूटनीतिज्ञ तथा रणनीतिक मामिलाका जानकारहरूले भने नेपालसँग वार्ता गर्न भारत सरकारलाई दबाब दिइरहेका छन् ।

भारतीय राष्ट्रिय कंग्रेसका विदेश विभाग प्रमुख आनन्द शर्माले २८ जेठमा जारी विज्ञप्तिमा नेपालसँग संवादबाट सीमा समस्या समाधान गर्न भारत सरकारमाथि दबाब दिएका छन् । विज्ञप्ति जारी गरी उनले परिस्थितिलाई वार्तामार्फत शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । कंग्रेस भारतको प्रमुख प्रतिपक्षी दल हो ।

शर्माद्वारा जारी विज्ञप्तिमा नेपाल र भारतबीच एक–अर्काप्रति सम्मान र विश्वासको सम्बन्ध रहेको तथा समयक्रममा पुष्टि हुँदै आएको उल्लेख छ । शर्माले नेपाल र भारतबीच स्थापित संयन्त्र (विदेशसचिवहरूको)ले शीघ्र कालापानी, लिपुलेकका विषयमा निर्णय लिनुपर्नेमा समेत जोड दिएका छन् । एक साताअघि कंग्रेस पूर्वअध्यक्ष राहुल गान्धीले नेपालसँग भइरहेका घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका थिए ।

‘अहिलेको घटनाक्रमले दुई देशको अत्यन्त घनिष्ठ सम्बन्धमा दरार उत्पन्न गराएको छ । यसलाई तुरुन्तै सम्बोधन गर्नुपर्ने आवश्यकता भइसकेको छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy