Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

रौतहटका क्वारेन्टाइनमा बसेका युवा र प्रहरीबीच झडप, दुई राउन्ड हवाई फायर

रौतहट । पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै रौतहटको राजपुरस्थित क्वारेन्टाइनमा बसेका युवाले शनिबार सडक अवरुद्ध गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राजपुर–१ स्थित तीनवटा क्वारेन्टाइनमा रहेका तीन सय पाँचजनाले सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

उनीहरू क्वारेन्टाइनमा बसेको १८ देखि २० दिन पुगेको छ । स्वाबको नमुना संकलन गरिएको पनि एक साता भएको छ । तर, अझै रिपोर्ट आउने ठेगान नभएपछि उनीहरू आन्दोलित भएका हुन् । छिटो पिसिआर रिपोर्ट दिनुपर्ने माग गर्दै गौर–चपुर सडकखण्डको बहुअर्बामा सडक अवरुद्ध गरेका हुन् । रिपोर्ट आउन ढिलो भएपछि उनीहरूले प्रदर्शन गरेको वडाध्यक्ष शेख अरिरुल्लाहले बताए ।

क्वारेन्टाइनमा बसेका युवाले सडक अवरुद्ध गरेपछि प्रहरीले हटाउने प्रयास गरेको थियो । प्रहरीले हटाउन खोज्दा ढुंगामुढा प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले बताए ।

‘क्वारेन्टाइनमा बसेका युवाले प्रहरीमाथि ढुंगामुढा गर्दै क्वारेन्टाइन छोडेर भाग्न खाजेपछि बल प्रयोग गर्नुपरेको हो,’ डिएसपी महतोले भने, ‘दुई राउन्ड हवाई फायर र १४ सेल अश्रुग्यास प्रहार गरिएको छ ।’

उनीहरूको ढुंगा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । झडप हुँदा क्वारेन्टाइनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमै राखेको छ । अहिले सबै क्वारेन्टाइनमा रहेको र स्थिति सामान्य बनेको डिएसपी महतोले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy