Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

लकडाउन घट्यो, कोरोना बढ्यो

काठमाडौं । झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन् । कोठा बाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु । निर्णय लिन गाह्रो भइरहेको छ । यसो गरुँ कि उसो गरुँ भइरहेको छ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उद्यमी बमलाई झैं धेरैलाई अहिले अन्योलको भूमरीमा पार्ने काम कोरोना भाइरसले गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमण नेपालमा पनि बढेको छ ।

मुलुकका ७३ जिल्लामा संक्रमण फैलिएको छ कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा गरेको थियो । यस अवधिमा कोरोना भाइरसको संक्रमण घट्नु साटो झन् झन् बढ्यो । जेठ ३ गते नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो ।

अहिलेसम्म मुलुकभित्र १९ जनाको कोरोना भाइरसबाट ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, विदेशमा रहेका १ सय २७ जना नेपालीको मृत्यु भएको छ । बेलायत, अमेरिका, युएई, साउदी अरेबिया, कुबेत, कतार, जापान, टर्की लगायत १३ वटा मुलुकमा रहेका नेपालीको मृत्यु भइसकेको छ ।

खुकुलो लकडाउनको जोखिम

चैत ११ गते घोषित लकडाउनमा सहजीकरण गर्ने सरकारी निर्णयसँगै निर्वाधरूपमा राजधानी भित्रनेको संख्या बढेको छ । संक्रमितको संख्या दिनानुदिन बढेका बेला लकडाउनलाई कडाई गर्नुपर्नेमा झन् खुकुलो बनाउँदा जोखिम चुलिएको विज्ञको भनाइ छ । कोरोनाका नयाँ संक्रमित दैनिक तीन सयको हाराहारीमा वृद्धि भइरहेको बेला आइतबार ४ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाहिरी जिल्लाबाट यात्रा गरेर आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छैन । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना भाइरसको परीक्षण गरेर आउनु पर्दैन ।

मन्त्रालयको निर्देशिकामा उल्लेख गरिएको व्यवस्थाबाहेक कोही कसैको पनि परीक्षण नगर्न–नगराउन स्वास्थ्य संस्था, प्रयोगशाला र सरोकारवाला निकायमा अनुरोध गरिएको उनले बताए । ‘कुनै पनि व्यक्ति यात्रा गरेर आउँदा संक्रमित हुने जोखिम रहन्छ । जहिले पायो त्यहीले ।

जसलाई पायो त्यसलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने र प्राविधिक पक्षबाट जुन समयमा भाइरस पहिचान हुन्छ । त्यो समय पारेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।’ उनले भने । यद्यपि, अत्यावश्यक नभई यात्रा नगर्न र घरबाहिर जानै पर्ने भए व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र सावधान अपनाउन उनी आग्रह गर्छन् ।

सरकारले लकडाउन खुकुलो गर्ने घोषणा गरेसँगै कोरोना भाइरसको संक्रमण सर्ने–सार्ने जोखिम रहेको विज्ञहरू बताउँछन् । जनजीवन सामान्यतर्फ लैजान सरकारले लकडाउनमा सहजीकरण गरे पनि यात्रुले सावधानी नअपनाउने गरेकाले जोखिम रहेको उनको भनाइ छ ।

काठमाडौंका सडकमा सवारीसाधन चल्न थालेका छन् । पैदल एवं सवारी यात्रुको चाप बढेको छ । सरकारको निर्णयबाट नै वैशाख २४ गते चहलपहल र आवागमन बढेको हो । जेठ २८ गते जोरबिजोर प्रणालीमा सवारीलगायत कार्यालयसमेत सञ्चालन गर्ने निर्णयपछि आवागमन ट्राफिक जाम समेत सुरु भइसकेको छ । सडकमा प्रदर्शनी एवं नाराबाजी समेत भइरहेको छ ।

कोरोनाका कारण रोजगारी गुमाएर विदेशबाट आउने नेपालीको व्यवस्थापन र सीमाबाट फर्केका व्यक्तिको स्वास्थ्यमा विशेष निगरानी नराखेका कारण जोखिम पनि बढेको छ । वरिष्ठ सघन उपचार (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की संक्रमणको जोखिम झन् बढेको भन्दै सावधानी अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘भरसक घरबाहिर ननिस्केकै राम्रो हुन्छ । निस्कनु परे मास्क लगाएर सावधानीपूर्वक हिँडडुल गर्नु उपयुक्त हुन्छ ।’

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो समय सडकमा आउनुपर्ने नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो समय सडकमै आउनुपर्ने हो र ? होइन । कोरोनाको चुनौती सकिएको छैन, बरु बढ्दैछ । भारतको बढ्दो संक्रमणले पनि चुनौती थपेकै छ । सचेत बनौं ।’

संक्रमितका हिसाबले छिमेकी भारत विश्वको तेस्रो मुलुक बनेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । झन्डै चार लाख भाइरसबाट संक्रमित छन् । वैशाख १९ मा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशन समेत दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा लकडाउनले जनजीवन अस्तव्यस्त भएको जनाउँदै निर्देशन दिएको थियो । लकडाउन खुकुलो भएसँगै सरकारविरोधी प्रदर्शन जारी छन् ।

मुख्यमन्त्री पोखरेलले त सडकमा नउत्रन आग्रह गर्दै फेसबुकबाट आग्रह गरेका छन्, ‘प्रदेश ५ सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्नुहोला । सडकमा जानु पर्दैन । कुरा सुनिन्छ ।’ स्वास्थ्य मन्त्रालयले भीडभाड एवं प्रदर्शनका कारण संक्रमण जोखिम उच्च हुने जनाउँदै संक्रमितको संख्या बढेमा उपचार गर्न नसकिने जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy