Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यी हुन् कोरोना संक्रमणका दीर्घकालीन असर

काठमाडौं। भाइरल संक्रमणले सामान्य खोकीदेखि दमसम्मका समस्या निम्त्याउँछ ।
संक्रमणका लक्षण बिस्तारै कम हुँदै गए पनि श्वासप्रश्वासमा लामो समय समस्या रहन सक्छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -कोभिड–१९ ले व्यक्तिको फोक्सोमा समस्या ल्याउँछ । फोक्सोमा जटिल समस्या भएका व्यक्तिलाई आइसियूमै राखेर उपचार गर्नुपर्छ ।

तर, कोरोना भाइरसको संक्रमण भएका सबै व्यक्तिमा फोक्सोमा दीर्घकालीन असर देखिँदैन । खासगरी, ६५ वर्षभन्दा माथिको उमेरसमूह, लामो समय नर्सिङ केयरमा बसेका व्यक्ति तथा फोक्सो, मुटु, मिर्गौला र कलेजोका दीर्घरोगीमा कोरोनाको असर लामो समय रहने हालसम्मका अध्ययनको निष्कर्ष छ । ती अध्ययनअनुसार रोगप्रतिरोधी क्षमता कम भएका, मोटोपना र मधुमेहका बिरामी तत्काल संक्रमणमुक्त भए पनि पछिसम्म स्वास्थ्यमा कुनै न कुनै असर देखिन्छ ।

पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम
संक्रमणको गम्भीर अवस्थामा पुगेका व्यक्तिमा समयक्रममा मानसिक समस्या देखिन सक्छ । पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर र डिप्रेसनजस्ता समस्या देखिन्छन् ।

लामो समय आइसियूमा रहेर उपचार गरेका व्यक्तिमा शारीरिक कमजोरी हुने सम्भावना रहन्छ । पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम लामो समयको गम्भीर उपचारपछि देखिने गर्छ । सोच्ने र ध्यान केन्द्रित गर्ने क्षमतामा कमी यसका मनोवैज्ञानिक असर हुन् ।

मस्तिष्कमा असर
अमेरिकी मेडिकल जर्नल (जामा)मा प्रकाशित चीनमा गरिएको अध्ययनअनुसार लामो समय कोभिड–१९ को उपचार गराएका करिब ३६ दशमलव ४ प्रतिशत बिरामीमा नसासम्बन्धी समस्या देखिएको छ । कोभिड–१९ ले मस्तिष्कको ‘मेडुला ओब्लांगाटा’ नामक भागमा असर पुर्‍याउँछ ।

कोभिड–१९ ले फोक्सो मात्र नभई श्वासप्रश्वास नियन्त्रण गर्ने न्युरोन्सलाई समेत असर गर्छ । कोरोना भाइरसले निम्त्याउने दीर्घकालीन असरबारे थप अनुसन्धान आवश्यक रहेको जामाले बताएको छ ।

६० वर्षमाथिको उमेरसमूहमा मधुमेह र कार्डियोभास्कुलर जस्ता दीर्घकालीन समस्या निम्त्याउन कोभिड–१९ सहयोगी बन्ने जोखिम रहेको विज्ञहरूको भनाइ छ । भाइरसले फोक्सोमा पुर्‍याउने क्षतिले बिस्तारै अन्य अंगमा पनि असर पार्ने उनीहरूको अनुमान छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy