Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

प्रहरीले बरामद गरेको सुन गायब भएपछि...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गत पुस ११ गते अवैधरुपमा चीनबाट ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनुपर्नेमा प्रहरी निरीक्षक नेपालसहितले आपसमा बाँडफाँड गरी लिएको अनुसन्धानबाट खुलेको छ ।

टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले ना६ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेको सुन सम्बन्धित निकायमा बुझाउनुपर्नेमा त्यसो नगरी प्रहरी निरीक्षक नेपालको मिलेमतोमा लिएको पाइएको आयोगले जनाएको छ ।

आयोगले उक्त सुनको मूल्यको प्रचलित दर अनुसार रु २६ लाख ५२ हजार ५९ कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले प्रहरी निरीक्षक नेपाल, प्रहरी हवल्दारहरु रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीविरुद्ध समान बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ ।

यस्तै आयोगले २०७६ मङ्सिर २२ गतेसमेत प्रहरी निरीक्षक नेपालसमेतले चीनबाट अवैध रुपमा ल्याएको १११ ग्राम सुनसमेत प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीसमेतको मिलेमतोमा बेचविखन गरी पदीय दुरुपयोग गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ । आयोगले सो कार्यका लागि १११ ग्राम सुनको प्रचलित मूल्यअनुसार रु छ लाख ७७ हजार ५९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आजै नेपाल, लामा र खत्री विरुद्धसमेत मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुए।

त्यस्तै आयोगले आजै सिराहाको साविक फूलबारी गाविस–७ को विभिन्न कित्ताको बाटो भएको जग्गा बिक्री गर्दा बाटो नभएको भनी सिफारिश गरी राजश्व छली गरेको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार गलत सिफारिस गर्ने मिर्चैया नगरपालिका–७ का वडाध्यक्ष रामकुमार यादव र जग्गा खरिदकर्ता सुरेशकुमार महत्तोविरुद्ध समान रु ४० हजार ७७७ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । यस्तै, जग्गा बिक्रीकर्ता रामेश्वर साह, दीपनारायण साह र सत्यनारायणप्रसाद साह विरुद्धसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending