काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआरको रिएजेन्ट र भीटीएम खरिदमा कुनै अनियमिता नभएको स्पष्ट पारेको छ ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा रमेश खरेलले आज पत्रकार सम्मेलनमा स्वास्थ्य सामग्री खरिदमा अनियमिता गरेको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यस्तो कुनै अनियमिता नभएको स्पष्ट जनाए ।
व्यवस्थापन महाशाखाले परीक्षणको दायरा बढाउनका लागि एक लाख ५० हजार पीसीआर परीक्षण गर्नका लागि आवश्यक रिएजेन्ट र भीटीएमका लागि खरिद प्रक्रिया शुरु गरेको छ । उनका अनुसार बिनाप्रतिस्पर्धा खरिद गर्ने व्यवस्था भए पनि प्रतिस्पर्धाबाट ती सामग्री खरिद गर्दा खरिद मूल्यभन्दा रु १४ करोड ८७ लाख ११ हजार ५०० कम परेको छ ।
ती सामग्रीको खरिद रु ४२ करोड ८ लाख ११ हजार ५०० पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा रु २७ करोड २१ मात्र परेको उनले बताए । यसरी बोलपत्र आह्वानद्वारा खरिद गर्दा खरिद मूल्यभन्दा ३५.३४ प्रतिशत कम मूल्यमा खरिद गरिएको छ ।
उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को घ ९३०मा विशेष परिस्थितिमा खरिद गर्नुपरेमा सोझै खरिद गर्नसक्ने प्रावधान र सार्वजनिक खरिद नियवाली २०६४ को नियय १ को ४५ मा एउटा मात्र खरिदकर्तासँग वार्ता गरी खरिद गर्नसक्ने व्यवस्था भए पनि विभागले खरिद प्रक्रियालाई प्रतिस्पर्धा गरी स्वच्छ, मितव्ययीता अपनाउन बोलपत्र आह्वान गरी खरिद गरिएको बताए ।
“हामीले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई प्रतिस्पर्धा स्वच्छता र इमानदारितापूर्वक जवाफदेहीता र विश्वश्नीयता प्रर्वद्धन गरी मितव्यीता कायम गरेर खर्चको अधिकतम प्रतिफल हासिल गर्न खरिदको व्यवस्थापन गरी खरिदकर्तालाई बिनाभेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी गराएको हो”,उनले भने, “कुनै राजनीतिक दल र अन्य वर्गको दबाबमा नपरी कानुनी प्रक्रियाअनुसार नै ती स्वास्थ्य सामग्री खरिद भएको हो ।”
ती सामग्री मन्त्रालयकै प्राविधिक विज्ञसहितको उपसमितिले दिएको लिखित मूल्याङ्कनसहितको प्रतिवेदन अनुसार न्यूनतम मूल्यमा सामग्री ल्याउनसक्ने कम्पनी ओम कन्र्सनलाई दिइएको महाशाखा प्रमुख डा खरेलले जानकारी दिए । उनले मन्त्रालयको कार्यविधि अनुसार नै सामग्री वितरण गरिएको भन्दै अहिले पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीसमेत रहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: