काठमाडौं । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् ।
कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको छ । यतिबेला निकै चलायमान (सिजन) हुने ठमेल आजभोलि सुनसान जस्तै छ । होटल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, टे«किङ पसल र डिस्कोबाहिर घाँस उम्रिएको अवस्था छ ।
ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ ।
पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत्, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ ।
पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ ।
‘हाम्रो ठमेल राम्रो ठमेल’ बनाउने अभियान निरन्तर जारी रहेको स्पष्ट पार्दै समितिका संयोजक शर्माले घर भाडा ५० प्रतिशत छुट गर्ने कुरा दुवै पक्षको पूर्ण सहमतिपछि सार्वजनिक रूपमा नै घोषणा गर्ने बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: