Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बजेट जनताका समस्यालाई समाधान गर्नेतर्फ उन्मुख

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट जनताका समस्यालाई अधिकतम समाधान गर्नेतर्फ उन्मुख भएको बताएका छन् । आजको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोरोना प्रभावित युवा, दलित, जनजाति, महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिलगायत लक्षित वर्ग र समुदायलाई व्यावसायिक तथा सीपमूलक तालिमका लागि बीउ पूँजी उपलब्ध गराइएको बताए ।

‘‘कोरोनाका कारण रोजगारी गुमाएका एक लाख ५० हजार युवालाई मात्र नभई अन्य बेरोजगार भएका व्यक्तिलाई समेत प्रदेश सरकारले स्वरोजगार कार्यक्रम सञ्चालन गर्नेछ’’,उनको भनाई छ । सबै मन्त्रालय तथा निकायको कार्यक्रम तथा आयोजनाको कार्यान्वयन कार्ययोजना साउन मसान्तसम्म तयार गरी मुख्यमन्त्री र सबै मन्त्रीबीच, मन्त्री र सचिवबीच, सचिव र आयोजना प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिने व्यवस्था मिलाइएको उनले बताए ।

आर्थिक वर्षको पहिलो चौमासिकभित्र आयोजना कार्यक्रम कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारी सम्पन्न गरी दोस्रो चौमासिकको शुरुआतदेखि नै कार्यान्वयनमा लैजाने अनिवार्य व्यवस्था मिलाइएको मन्त्री गुरुङले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संरचना थप गरिएको बताउँदै उनले सडक, सडक पुल, वन, सिँचाइ र खानेपानीसम्बन्धी आयोजना कार्यान्वयनका लागि ११ वटा जिल्लामा नै कार्यालय स्थापना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

विद्युतीय अनुगमन प्रणालीलाई अझै प्रभावकारी बनाई एक्सन रुमबाट आयोजनाको नियमितरुपमा अनुगमन गर्ने तथा मासिक तथा चौमासिक प्रगतिका आधारमा प्रथम द्वितीय घोषणा गरी अन्तरनिकाय प्रतिष्पर्धा गर्ने वातावरण तयार गरिने मन्त्री गुरुङले बताए । आगामी आर्थिक वर्षमा मुटु र मिर्गौलाको विशिष्टिकृत अस्पताल तथा सङ्क्रामक रोग अस्पताल सञ्चालन हुने र विशिष्टिकृत क्यान्सर अस्पतालको निर्माण कार्य अघि बढ्ने उनले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: