Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग

काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - जनता समाजवादी पार्टी (जसपा)ले सत्तारूढ नेकपाको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरेको हो । नेकपाले शनिबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दल बैठकले नेकपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । राजपा संसदीय दलका नेता महन्थ ठाकुरले नेकपा निर्णयले सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा खलल पुग्ने तथा सामाजिक सद्भावमा समेत आघात पुग्ने भएकाले सो निर्णयप्रति आफूहरु दुःखी भएको बताएका छन् ।

‘यस्ता निर्णयले हाम्रो देशको सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा खलल पुग्ने तथा सामाजिक सद्भावमासमेत आघात पुग्ने हुँदा सो निर्णयप्रति हामी दुःखी छौं । साथै यस निर्णयलाई पुनर्विचार गर्न जोडदार माग गर्दछौं,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालमा नागरिकतासम्बन्धी ऐन लागु भएपश्चात् वर्षौंदेखि विवाहको सम्बन्धका आधारमा नागरिकता प्राप्त गर्ने प्रचलित व्यवस्था विपरीत गरिएको नेकपाको निर्णयले नेपाल–भारतबीच सदियौंदेखि रहेको सामाजिक र सांस्कृतिक तथा विवाहको सम्बन्धलाई आघात पुर्‍याउने निश्चित रहेको निष्कर्ष राजपाको रहेको छ ।

भारतसँग रोटीबेटीको सम्बन्धलाई ठेस पुर्‍याउने र यसले देशको करोडौं नागरिकलाई प्रभावित पार्नुका साथै महिला महिलाबीच विभेद समेत हुने हुँदा यस्तो व्यवस्था आफूहरुलाई कदापि स्वीकार्य नहुने ठाकुरले जनाएका छन् ।

नेकपाको निर्णयअनुसार नागरिकता दिने व्यवस्था भएमा महिलाको आर्थिक, वैयक्तिक उन्नत्ति, सम्पत्ति प्राप्तिलगायतका अधिकार एवं अवसरबाट वञ्चित हुनुपर्ने देखिएकाले सच्याउन माग गरिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपाको निर्णयप्रति कडा आपत्ति जनाएका छन् । नेकपाको निर्णय विवेकहीन, सम्प्रदायिक र विभेदकारी रहेको यादवले जनाएका छन् ।

‘नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्ष पछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ । नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाइँबीच असमानता र विभेद हुनु हुन्न,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।

जनमतद्वारा आन्दोलनको चेतावनी
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अहिलेको वर्तमान नागरिकता व्यवस्थामा परिवर्तन हुने गरी सात वर्षपछि नागरिकता दिने व्यवस्था गरिए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता चन्दनकुमार सिंहले कोरोना भाइरसको महामारीले लकडाउन रहेको मौका छोपेर नेपाल सरकारले आन्दोलनका उपलब्धि तथा जनताको अधिकार खोस्ने षड्यन्त्र गरे सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

‘दशकौंदेखि समान अधिकारका लागि भएका आन्दोलन तथा २०६३र६४ सालमा भएको मधेस आन्दोलनको जगमाथि स्थापित नागरिकतासम्बन्धी अधिकारलाई खोस्ने र मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकसहितका उत्पीडित वर्गलाई अनागरिक बनाउनेतिर लक्षित रहेकाले सो विधेयकको विरोधमा सम्पूर्ण जनता, समाज र राजनीतिक पार्टी एकजुट हुन आह्वान गर्दर्छौं,’ जनमत पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नागरिकता विधेयकको विषयमा सत्तारूढ नेकपाको निर्णयप्रति नेकपाकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा प्रदेश २ ले पार्टी सचिवालयको निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।

सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले असन्तुष्टि व्यक्त गर्दै सो निर्णय सच्याउन माग गरेका छन् । सचिवालयको निर्णय मधेसी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश अध्यक्ष साहले पुनर्विचार गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।

उक्त निर्णयले नेपाल–भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेसमा अविश्वासको वातावरण सिर्जना हुने नेता साहको भनाइ छ । नेता साहले ढिलागरी नागरिकता दिँदा त्यसले राष्ट्रियता बलियो बनाउने तर्कमा कुनै तुक नभएको बताए ।

‘नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मूलभूत रूपमा मधेसी जनभावनाविपरीत छ ।

सात वर्षपछि नागरिकता दिँदा नेपाली राष्ट्रियता बलियो हुने र विगतमा झैं भारतीय नागरिकता त्यागेपछि नागरिकता दिँदा राष्ट्रियता कमजोर हुने तर्कमा कुनै तुक देखिँदैन,’ नेकपा प्रदेश २ अध्यक्ष साहले भने, ‘यस निर्णयले परापूर्वकालदेखि चल्दै आएको हाम्रो रोटी–बेटीको सम्बन्धलाई बिथोल्ने मात्र नभई मधेसी जनतामाथि अविश्वास तथा असहयोग गरेको समेत झल्किनेछ । त्यसैले यस निर्णयबारे पुनर्विचार गर्नुपर्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy