काठमाडौं । यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो ।
जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए ।
आजको गोरखापत्र दैनिकमा खबर छ - त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।
सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्व सूचनामा जुटिरहेको छ तर समस्या कायमै छ ।
पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन । नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्व सूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो ।
तर नेपालमा पहिरोको पूर्व सूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको प्रत्यक्ष उदाहरण हुन् पहिरोविज्ञ षनमुखेशचन्द्र अमात्य ।
नेपालमा सफल परीक्षण भएको पहिरो पूर्वानुमानको सिको हाल इन्डोनेसियाले गर्न खोजिरहेको अमात्य बताउँछन् । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण व्यवस्थापन विभागमा रहँदा उनले १२ वर्षसम्म पहिरोको अध्ययन र पूर्वानुमान गर्न भ्याए ।
सन् २००७ मा जापानको जाइका संस्थाले नेपालमा पहिरो पूर्वानुमानको नमुना परियोजना ल्यायो र परियोजनाको प्रमुखका रूपमा अमात्यले जिम्मेवारी पाए । चितवनको कविलास गाविसको नौ वडा केन्द्रित परियोजनाले त्यो पहाडी गाउँसँगै नारायणगढ–मुग्लिन सडकमा खस्ने पहिरोको पूर्वानुमान गर्ने लक्ष्य लिएको थियो ।
जापानको अनुभव नेपालको पहाडमा खन्याउँदै सुरु भएको परियोजनाअन्तर्गत प्रविधिजन्य सामग्री र परीक्षणको जिम्मा संस्थाकै थियो । पहिरो जाने प्रकृति थाहा पाउन माटो परीक्षण र वर्षाको मापन गर्नुपर्ने हुन्छ । कविलासको माटो परीक्षण गर्न नेपालमा प्रविधि नहुँदा जापानमा परीक्षण गरेको उनी स्मरण गर्छन् ।
अर्कोतर्फ त्यस्तो खालको माटोमा कति मिलिलिटरको पानी पर्यो भने माटो चल्छ र झर्छ भन्ने अर्को पूर्व मूल्याङ्कन भने नेपालमै गरियो । सामान्यतया निरन्तर पानी परेमा पहिरो जान्छ भन्ने मान्यता छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: