ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा लौठ सल्लो, चिस्यान केन्द्र, कृषि सडक, सुधारिएको र विद्युतीय चुल्होका साथै सौर्य ऊर्जाको प्रयोगमा जोड दिने भएको छ ।
“कृषि र पशु स्वरोजगारको आधार, स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार” भन्ने मूल नाराका साथ गाउँपालिकाका उपाध्यक्ष कमला तामाङले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं ३ सिसवनमा लौठ सल्लो पकेट क्षेत्र बनाई कृषकको आयस्तरमा वृद्धि गरिने, कृषकबाट उत्पादित वस्तुको भण्डारणका लागि गोटीखेलमा चिस्यान केन्द्रको स्थापना, कृृषिजन्य वस्तु उत्पादन हुने क्षेत्रबाट उत्पादित वस्तु ढुवानी र व्यवस्थापनका लागि कृषि सडक निर्माण, गोटिखेल बजारलाई नमूना बजारका रुपमा विकसित गर्नाका साथै हरेक वडालाई धुवाँमुक्त बनाउन सुधारिएको तथा विद्युतीय चुल्होका साथै सौर्य ऊर्जाको प्रयोगमा जोड गरिने घोषणा गरे।
“सफा घर, बस्ती र पालिका” अभियान सञ्चालन गरी लालीगुराँसको पकेट क्षेत्रका रुपमा लक्ष्यबासदेखि ठोस्नेखोलासम्मलाई विकास गरी पर्यटकको आकर्षक गन्तव्यस्थल बनाइने, लौठसल्लो प्रशोधन र प्याकेजिङ उद्योग, जडीबुटी खेती र प्रशोधन केन्द्र, सुगन्धित तेल उत्पादन र बिक्रीवितरणका लागि महाङ्कालले सम्भाव्यता अध्ययन पनि गर्ने जनाइएको छ ।
महाङ्कालले पशुपालन व्यवसाय प्रोत्साहनका लागि गोठ सुधार कार्यक्रम, बाख्रापालन व्यवसाय प्रवद्र्धन, कृषकको आयस्तर बढाउन बोयर जातको बोका खरीद तथा वितरण, खोर निर्माणमा अनुदान, स्थानीय जातका कुखुरा उत्पादन, गोठ सुधार कार्यक्रम र माछापालन व्यवसायलाई सामुदायिक रुपमा सञ्चालन गर्ने भएको छ ।
च्याउ, चिया र कफी जस्ता नगदे तथा बेमौसमी तरकारीखेती, अन्नबाली, फलफूल, अदुवा, अम्रिसो जस्ता व्यावसायिक खेतीलाई प्रवद्र्धन गरी आधुनिक कृषि प्रणाली एवं व्यावसायीकरणमा जोड दिइने कार्यक्रममा तामाङले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: