काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ । दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - संयुक्त राष्ट्रसंघले कोरोना संक्रमण जोखिमका कारण फागुन अन्तिम साता दक्षिणी सुडान उड्न लागेका नेपाली शान्ति सेनालाई रोकेको थियो । त्यसपछि कुनै पनि मिसनमा नेपाली सैनिक फौज गएको थिएन । पुनः लैजाने भनेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मिसनमा जाने फौजलाई सम्पूर्ण स्वास्थ्य परीक्षणपछि मात्र पठाइने बताए । ‘मेडिकल रिपोर्टसहित फौजलाई शान्ति मिसनमा पठाउछौं’, उनले भने ।
उनीहरूमा कोरोना संक्रमण रहे–नरहेको परीक्षण गरिनेछ ।
राष्ट्रसंघले शान्ति सैनिक लैजान यसपटक विमान पठाउने छैन । जंगीअड्डाले विमान व्यवस्थापन गरी सम्बन्धित मुलुक पठाउनु पर्नेछ । त्यसका लागि जंगीअड्डाले टेन्डर आह्वान गर्नेछ । त्यसपछि मात्र कुन विमान कम्पनीबाट उनीहरूलाई लैजाने टुंगो लाग्नेछ ।
छनोट भए पनि कोरोना जोखिमका कारण सैनिक अधिकारी मिसन जानबाट वञ्चित भएका थिए । विश्वभर कोरोना फैलिएपछि राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन फागुन तेस्रो साता जंगीअड्डालाई पत्र पठाएको थियो । नेपालबाट फौज जान नपाएपछि पुरानै टोलीले सम्बन्धित मुलुकमा शान्ति सेनाका रूपमा काम गरिरहेका छन् ।
दक्षिणी सुडान, कार, माली र लिबियामा नेपाली सैनिक अधिकारीको फरेबदल हुन पाएको थिएन । दक्षिणी सुडानका लागि पहिलो फ्लाइट असार १७ गते काठमाडौंबाट उड्ने छ । त्यसतर्फ जान ७ सय सैनिक तयारी अवस्थामा छन् ।
पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कने छन् । कार र मालीको फ्लाइट असार २३ गते हुनेछ । कारका लागि ५६ र मालीका लागि १ सय ३८ जना मिसन जान तयारी अवस्थामा छन् । लिबिया जाने २ सय ३० जनाको टोली असार ३१ गते प्रस्थान गर्नेछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: