Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

टर्की अदालतद्वारा १२१ व्यक्तिलाई आजीवन कारावास सजाय

अङ्कारा । टर्कीको एक अदालतले सन् २०१५ मा राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्ने प्रयासमा भाग लिएको अभियोगमा १२१ व्यक्तिलाई आजीवन कारावास सुनाएको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले जनाएको छ ।

सरकारी आनादोलु समाचार एजेन्सीले भनेको छ, “अङ्करास्थित उक्त अदालतले राज्यविद्रोहमा सम्लग्न ८६ जनालाई ‘संविधानको उल्लङ्घन गर्ने प्रयास’ गरेको आरोपमा ‘कडा’ आजीवन कारावासको सजाय सुनाएको छ । सोही अपराधको लागि अन्य ३५ जनालाई आजीवन कारावासको सुनाइएको छ ।”

आजीवन काराबासको सजाय सुनाइएकामध्ये ८६ जनालाई काराबासमा रहँदा पालना गर्नुपर्ने कडा सर्तहरू तोकिएको समाचारमा उल्लेख छ ।

टर्कीमा सन् २०१६ मा राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनी नेतृत्वको प्रशासनलाई सत्ताच्युत गर्ने योजनासहित भएको उक्त असफल प्रयासका क्रममा कम्तीमा ३०० जनाको मृत्यु भएको र दुई हजार १०० व्यक्ति घाइते भएका थिए । सरकारले उक्त असफल प्रयास टर्कीका धार्मिक नेता मोहम्मद फेतुल्ला गुलेनको योजना र निर्देशनमा भएको दावी गरेको थियो भने उनले यसमा आफ्नो कुनै सम्लग्नता नरहेको दावी गर्दै आएका छन् ।

उक्त आक्रमणमा सम्लग्न रहेको आरोपमा एर्दोगान प्रशासनले टर्कीमा सरकारी, गैर–सरकारी तथा निजी क्षेत्रमा कार्यरत कैयौँ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

घटनालाई लिएर सरकार पक्षले गुलेनका पक्षधर दावी गरेका कम्तीमा १० हजार सैनिक, दुई हजार ७४५ न्यायाधीश, १५ हजार शैक्षिक क्षेत्रमा कार्यरत कर्मचारी, २१ हजार शिक्षकलगायत गरी कम्तीमा ७७ हजार व्यक्तिलाई पक्राउ गरेको र एक लाख ६० हजार व्यक्तिलाई जागिरबाट वर्खास्त गरेको विपक्षी दलहरूले बताउँदै आएका छन् ।

यसै मुद्दामा हजारौ सरकारी अधिकारीहरूले पदबाट बाहिरिनु परेको गुलेनका अनुयायीहरू तथा विपक्षी दलहरूले दावी गर्ने गरेका छन् ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy