काठमाडौं । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो । र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ ।
‘पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउनेभन्दा पनि थप लक्षण पाइएका छन्’, उनले भने, ‘सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने लक्षण देखा परेका छन् । जीउ दुख्ने, एकदम थकाइ महसुस हुने लक्षण पनि देखिएका छन् ।’
पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिकल’ विश्लेषण गर्न थालेको छ ।
महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित रहेका सबै अस्पतालमा लक्षणसमेत उल्लेख गर्ने गरी फारम पठाइएको छ । त्यो विवरणका आधारमा नयाँ साझा लक्षण पछि सार्वजनिक गर्ने महाशाखाको योजना छ ।
मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनु पर्ने डा. राजभण्डारीले बताए । उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन । ‘लक्षणका आधारमा वर्गीकरण गरेर उपचार गर्ने गरिएको छ’, उनले भने ।
उनले ज्वरो मात्र आएका बिरामीलाई प्यारासिटामोल दिने गरिएको बताए । निमोनियाका लक्षण देखिएका संक्रमितको एक्सरे र सिटिस्क्यानसमेत गरिन्छ । अक्सिजनको सहारामा उपचार गर्ने बिरामीलाई विशेष निगरानीमा राखिन्छ ।
सास फेर्न गाह्रो हुनेलाई सघन उपचार कक्ष (आईसीयू)मा उपचार गरिन्छ । ती सबैको आत्मबल बढाउन मनोसामाजिक परामर्श र आहारव्यवहारमा ध्यान दिने गरिएको उनले सुनाए ।
नयाँ लक्षण के–के देखा परे भन्ने सम्बन्धमा सबै अस्पतालले फारम भरेर पठाएपछि थाहा हुने डा. पाण्डेले बताए । ‘कोरोना संक्रमणकै कारण स्वादमा कमी आउने, श्रवण शक्तिमा ह्रास आउने हो वा अन्य कारण हुन् भन्नेबारे सबै अस्पतालले लक्षणसहितको फारम पठाएपछि खुल्नेछ’, उनले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: