Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

१६८ किलोग्रामकी महिलाले नर्भिक अस्पतालमा जन्माइन् स्वस्थ शिशु

काठमाडौं । काठमाडौंकी १ सय ६८ किलोग्रामकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा उनले शुक्रबार शिशुको जन्म दिएकी हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - बाँझोपन रोग विशेषज्ञ एवं ल्याप्रोसकोपिक सर्जन डा. नूतन शर्माका अनुसार असार ११ गते ३१ वर्षीया ती महिलाको शल्यक्रिया गरेर २.९५ किलोग्रामको स्वस्थ शिशु जन्माइएको हो ।
‘मेरा लागि नयाँ अनुभव हो, असाधारण तौलले गर्दा यो प्रसूति प्रक्रिया जटिल र जोखिमपूर्ण थियो,’ डा. शर्माले भनिन्, ‘मुलुकमा शल्यक्रियाले १ सय ६८ किलोग्रामकी महिलाको प्रसूति भएको सम्भवतः यो नै पहिलो पटक हो ।’

मोटोपनले गर्दा गर्भाधान सहज नहुने भनिए पनि आधुनिक प्रविधिको उपयोग गरेर ती महिलाले सन्तान जन्माएको डा. शर्माले बताइन् । सामान्य महिलाको दाँजोमा तेब्बर तौल भएकी ती महिलालाई कुनै शारीरिक रोग थिएन । ‘उनमा मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या, हाइपोथाइराडिज्म आदि कुनै समस्या थिएन,’ उनले भनिन्, ‘आमा र छोरी दुवै स्वस्थ छन् ।’

ती महिलाको प्रसूतिका क्रममा निकै सावधानी अपनाइएको अस्पतालले जनाएको छ । ‘सामान्य रक्तचाप नाप्ने मेसिनको बेल्ट लगाउन सकिएन, विशेष प्रकारको उपायमार्फत रक्तचाप नाप्नुपर्‍यो,’ डा. शर्माले भनिन्, ‘उनको तौल धेरै भएकाले विशेष एनेस्थेटिस्टको सहयोग लिनुपर्‍यो ।’ उनका अनुसार शल्यक्रिया गर्दा सामान्य गर्भवती महिलामा एकदेखि डेढ इन्चसम्म बोसो देखिन्छ । यी महिलामा भने निकै बढी देखिएको थियो ।

सामान्य महिलाको गर्भाधारणपछि अधिकतम तौल ७० देखि ८० किलोग्रामसम्म पुग्ने गरेको छ । डा. शर्माका अनुसार औसत महिलाको गर्भधारणपछि अधिकतम १२ देखि १५ किलोग्राम तौल बढ्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले आफ्नो २६ वर्षे करिअरमा अधिकतम १ सय २५ किलोग्रामसम्मको महिलाको शल्यक्रिया गरेर बच्चा जन्माएको अनुभव सुनाए । ‘योभन्दा माथिको तौल भएका महिलाको नेपालमा शल्यक्रियाबाट प्रसूति भएको मेरो जानकारीमा छैन,’ उनले भने ।

गिनिज वर्ड रेकर्डस् डटकमका अनुसार सन् २००७ को फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाकी २ सय ४१ किलोग्राम तौल भएकी डोना सिम्पसनले छोरीलाई जन्म दिएकी थिइन् । उच्च जोखिमयुक्त शल्यक्रियाबाट हुने प्रसूति प्रक्रियाअन्तर्गत डोनालाई प्रसूति गराउन ३० चिकित्साकर्मीको टोली खटिएको डेली मेलले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending