Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एक वर्षीय बालकले जिते कोरोना

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा आज प्राप्त भएको रिपोर्टअनुसार बालक कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार एक वर्षीय बालकका २५ वर्षीय आमा पनि कोरोना सङ्क्रमणमुक्त भएकी छिन् ।

त्यस्तै ऋषिङ गाउँपालिका–६ का २८ र २५ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रले जनाएको छ । चार जनाको नै असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । चार जनालाई नै सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर डिस्चार्ज गरिएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ का २२ वर्षीय युवक पनि कोरोना जितेर आज घर फर्किएका छन् । असार ५ गते कोरोना पुष्टि भएका ती युवकको पनि असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अजय श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएकामा तीनजना उपचारपछि घर फर्किएको जानकारी दिए।

त्यसैगरी घिरिङ गाउँपालिका–१ का २६ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । असार १ गते कोरोना पुष्टि भएका उनको असार ४ गते दोस्रो पिसिआर पोजिटिभ आएपछि असार ११ गते गरिएको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । ती युवालाई भने आइतबार स्थानीय तहको जिम्मामा डिस्चार्ज गरिने उपचार केन्द्रले जनाएको छ ।

जिल्लामा एक सय दुई जनामा कोरोना पुष्टि भएको छ भने १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । व्यास नगरपालिकाका एक, शुक्लागण्डकी नगरपालिकाका तीन, ऋषिङ गाउँपालिकाका सात, घिरिङ गाउँपालिकाका पाँच, आँबुखैरेनी गाउँपालिका एकजना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy