Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

झापाका १५ मध्ये १४ पालिका बाढीबाट प्रभावित

झापा । झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको छ । बाढीबाट ती पालिकाका बासिन्दा समस्यामा परेमा विभिन्न क्षेत्रका स्कूल, सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनलाई आश्रयस्थलको रुपमा समेत तोकिएको रेडक्रसको तथ्याङ्कमा उल्लेखित छ ।

लगातार वर्षा भइरहेकाले पानीको बहाव बढेमा बिरिङ, कनकाई माई, रतुवा, मेची, निन्दा, देवनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल र बनियानी नदीले बढी क्षति गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

अड्तीस सय परिवार प्रभावित हुने

झापाका नदी नालाहरुमा पानीको बहाव बढेमा बाढीबाट तीन हजार ८०३ परिवारका १८ हजार ८१० जना प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रसले तयार पारेको तथ्याङ्कमा बाढीबाट प्रभावित हुनसक्ने आठ पालिकामध्ये सबैभन्दा बढी झापा गाउँपालिकाका ८५० परिवारका चार हजार २०० जना प्रभावित हुने देखिएको छ । यस पालिकाका वडा नम्बर १, २, ३, ४ र ७ का बासिन्दा बढी प्रभावित हुनेछन् ।

रेडक्रसले बाढीको उच्च जोखिममा रहेका गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १ र २ बाट ४५२ परिवार, कचनकवल गाउँपालिकाका सबै वडाबाट ७५०, भद्रपुर नगरपालिकाको १, २, ८ नम्बर वडाका ३००, शिवसताक्षी नपाको वडा नम्बर ४, ५, ६, ७, १० का ३५०, मेचीनगर नपाको वडा नम्बर ७ र १५ का २००, कनकाई नपाको चार वटा वडाहरुबाट २५० र बाह्रदशी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७ का ६५० परिवार गरी जम्मा तीन हजार ८१० परिवार छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले जिल्ला विपद् व्यवस्थापन समितिलाई सोबारे जानकारी गराइसकिएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: