नयाँ दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रुपमा काम गरेको बताएका छन् । उनले राजधानीमा निकै विस्फोटक रुपमा संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा सरकारले ध्यान दिएको बताए ।
उनले संक्रमणको रोकथामका लागि आवश्यक मात्रामा सरकारले काम गरेको भन्दै सरकारले रोगविरुद्ध लड्न पूर्वाधार निर्माणको काम गरेको बताए । उनले सरकारले अस्पताल, बेडहरु र उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने जानकारी दिए ।
उनले यस महिनाको अन्त्यसम्ममा राजधानी सहर दिल्लीका लागि कम्तीमा पनि ३० हजारजति बेड उपलब्ध हुने गरी सरकारले काम गरेको बताए । सरकारले कम्तीमा पनि ८ हजार जति बेडहरु रेलका डिब्बामा तयार पारिएको बताए ।
सरकारले रेलका डिब्बाहरुलाई पनि आइसोलेसन बेड र उपचार कक्षकै रुपमा विकास गरेको भन्दै आइसियु चाहिने विरामीलाई मात्र अस्पताल लगे हुने अवस्था बनाइएको बताए । यो जुन महिनाको अन्त्यसम्ममा दिल्लीमा मात्र कम्तीमा पनि २५० ओटा भेन्टिलेटरसहितका आइसियु बेड निर्माण गरिदिने जानकारी पनि मन्त्री शाहले दिए ।
उनले सरकारले कोरोना भाइरसका विरुद्धमा कडा रुपमा लडिरहेको धारणा पनि राखे । उनले भने, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ । उनले दिल्ली सरकारले पनि यहाँको अस्पतालको व्यवस्था राम्रो हुन नसकेको विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।
दिल्लीका अस्पतालहरुले आफूखुशी उपचार खर्च लिने गरेको भन्दै ती अस्पतालले धेरै उपचार खर्च लिएका र अरु पनि राम्रो व्यवस्था गर्न नसकेको भन्दै कैयौँ गुनासोहरु आएकोले त्यस विषयमा ध्यान दिन पनि आग्रह गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: