काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् ।
आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा कर्मचारीले बोल्न नहुने व्यवस्था रहेको हुँदा आयोगको आधिकारिक धारणाबारे भ्रम सिर्जना नगर्न÷नगराउन सबैमा अनुरोध गरिएको छ ।
आयोगका प्रवक्ता वा सूचना अधिकारीबाट सम्प्रेषित विषय तथा आयोगको वेबसाइट www.nhrcnepal.org मा राखिएका विषयलाई नै आयोगको औपचारिक धारणा र सूचना मान्न हुन आयोगका अध्यक्ष शर्माले सबैलाई आग्रह गरेको हो ।
आधिकारिक धारणा र औपचारिक निर्णय सार्वजनिक गर्न २०७५ पुस ११ गतेदेखि आयोगका सचिव वेदप्रसाद भट्टराईलाई प्रवक्तासमेतको जिम्मेवारी तोकेको थियो । आयोगका सदस्यले आआफ्नो तरिकाले सूचना दिँदा भ्रम सिर्जना हुने काम भएको उल्लेख गर्दै सचिव भट्टराईलाई नै प्रवक्ताको जिम्मेवारी दिएको थियो ।
आयोगसँग सम्बन्धित सूचना सम्प्रेषणका लागि आयोगको केन्द्रीय कार्यालयमा निर्देशक डा टीकाराम पोखरेललाई र सबै प्रदेश तथा शाखा कार्यालयमा एक÷एक जना अधिकृतलाई सूचना अधिकारी तोकिएको छ ।
मानव अधिकारको अवस्था तथा मानव अधिकारका विविध पक्षका सम्बन्धमा अनुगमन, अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्नुका साथै मानव अधिकार उल्लङ्घनका उजुरीउपर निर्णय गरी सरकारलाई नियमितरुपमा आवश्यक सुझाव तथा सिफारिस गर्दै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: