काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाले ५६ हजार सात सय १३ विद्यार्थीको ग्रेस लिस्ट पारित गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको त्रिवि सभाको वार्षिक दिवस बैठकले ५८औँ ग्रेस लिस्ट पारित गरेको हो । ग्रेस लिस्टमा समावेश भएका विद्यार्थी आगामी दीक्षान्त समारोहमा दीक्षित हुनेछन् ।
ग्रेस लिस्टअनुसार व्यवस्थापक संकायमा १९ हजार तीन सय ३०, शिक्षाशास्त्र संकायमा १४ हजार आठ सय १२, मानविकी तथा सामाजिकशास्त्र संकायमा नौ हजार ६ सय १५, कानुन संकायमा एक हजार नौ सय १५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा ६ हजार एक सय २६ समावेश छन् ।
त्यसै गरी, इन्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार आठ सय ४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार चार सय ५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा तीन सय ९७ र वनविज्ञान अध्ययन संस्थानमा दुई सय २२ गरी कुल ५६ हजार सात सय १३ विद्यार्थी समावेश छन् ।
सभामा शिक्षामन्त्री पोखरेलले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई सम्बोधन गर्न पाठ्यक्रमलाई प्रविधिसँग जोड्नु पर्ने बताए । उनले शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानका रूपमा परिणत गर्दै लैजानुपर्ने धारणा राखे ।
त्रिवि उपकुलपति प्रा।डा।धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन माइक्रोसफ्ट कम्पनीसँग सम्झौता गरी पाँच लाख शिक्षक कर्मचारी तथा विद्यार्थीको इमेल बनाउने अभियानमा जुटेको बताए ।
कोभिडको त्रास रहे पनि भौतिक तथा शैक्षिक सुधारमा विश्वविद्यालय गतिशील रहेको उनको भनाइ थियो । उपकुलपति बास्कोटाले अनलाइन प्रविधिको माध्यमबाटै कक्षा सञ्चालन गर्ने कार्यलाई तीव्रता दिइरहेको बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: