Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बाँझोे जमीन खोज्दै खेती गर्नेहरु यस बर्ष थपिए

लमही । जिल्लाका विभिन्न स्थानमा बाँझो रहेका खेतीयोग्य जमीन आजभोलि हरियाली देखिन थालेको छ । धेरै वर्षदेखि खेती नगरेर बाँझो रहँदै आएका खेतबारीमा किसानले यस वर्ष समयमै खेती शुरु गरेका छन् ।

बाँझो जमीन खोज्दै ठेक्का वा अधियाँमा धान खेती गर्नेहरु यस वर्ष थपिएका छन् । केही वर्षदेखि प्लटिङ गरेर खेतीयोग्य जमीनलाई घडेरी बनाउने कार्य पनि पछिल्लो समय रोकिएको छ ।
कोभिड –१९ का कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु पनि अहिले गाउँघरमै खेतीपातीमा लागेका छन् । यसले गर्दा खेतीका लागि जनशक्ति पनि थपिएको छ ।

स्थानीय तहले पनि खाद्य सुरक्षा, रोजगार प्रबद्र्धन तथा गरीबी निवारण कार्यक्रमअन्तर्गत महामारीको कारणले रोजगारी गुमाएर फर्किएका स्थानीय नागरिकलाई रोजगारमूलक कार्यक्रम ल्याएका छन् । उनीहरुले आफ्ना पालिकामा तथ्यांक लिएर योग्यता, सीप, क्षमता र अनुभवका आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत रोजगारी उपलब्ध गराइने र बेरोजगारलाई सीपमूलक तालीम सञ्चालन गरी बीउ पूँजी वा प्राविधिक सहयोग उपलब्ध गराइने नीति तथा बजेट ल्याएका छन् । त्यससँगै एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइने र खाद्य उत्पादन वृद्धि र सुरक्षित भण्डारण गरी शून्य भोकमरी अभियानलाई निरन्तरता दिइने नीति कार्यक्रम ल्याउँदै बजेटमा त्यसलाई सम्बोधन भएको छ ।

त्यस्तै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा व्यावसायीकरण गरी उत्पादनमा वृद्धि गरिने, भूउपयोगको नीति निर्माण गरी जग्गाको वर्गीकरण गरेर कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै खेती प्रणाली विस्तार गरी रोजगार सिर्जना गरिने र जग्गा बाँझो राख्नेलाई दण्ड जरिवाना गरिने नीति ल्याएसंँगै जिल्लामा बाँझो जग्गा प्रयोगमा आउन थालेको छ ।

सम्बन्धित निकायसँग यति नै बाँझो जग्गामा खेती शुरु भयो भन्ने तथ्याङ्क नभए पनि यस वर्ष बाँझो जग्गामा खेती शुरु भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसारक अधिकृत भरतराज पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘धानको बीउ, मल जुन रुपमा लगिएको छ, त्यसले य वर्ष अघिल्लो वर्षभन्दा धेरै क्षेत्रफलमा खेती हुने अनुमान गरिएको छ ।’’ गत साल ३५ हजार हेक्टरमा धान खेती गरिएकामा यस वर्ष लगभग थप तीन हजार हेक्टरमा खेती हुने प्रारम्भिक अनुमान गरिएको छ ।

दाङको जमीनमा प्रतिहेक्टर साढे तीनदेखि चार मेट्रिक टन धान उत्पादन हुन्छ । ‘यस वर्ष गाउँघरतिर जमीन बाँझो नरहने अवस्था बनेको छ’’, लमहीका रोमबहादुर केसीले भन्नुभयो ।
विदेशबाट फर्केकाहरु मात्र हैन, जिल्ला बाहिरबाट आएकाहरुले पनि खेती गरेका छन् । जिल्लामा धान मात्रै हैन, करेसाबारीको उत्पादनसमेत बढेको अनुमान गरिएको छ । वर्षे तरकारीका बीउ पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बिक्री भएको कृषि प्राविधिक माधव केसीले जानकारी दिए । ‘‘धान, तरकारीसँगै अन्य कृषि उत्पादन पनि बढ्ने देखिन्छ, घरको छेउछाउको बाँझो जमीनमा पनि खेती भएको छ’’, केसीले भने । भारतबाट फर्किनुभएका केशव वलीले भारतमा आफ्नो रोजगारी गुमेकाले गाउँमै खेत भाडामा लिएर धान रोप्न थालेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: