Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

खबरडबली संवाददाता

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५:०० बजेभित्र मुख्यमन्त्री पदको लागी दाबी पेस गर्नको लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिए।

प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम उक्त आहन गर्नुभएको हो । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।

प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको थिए। असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरूद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बनेको थिए। झन्डै चार महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबन्डा गरी दोस्रो पटक २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बनेको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...

भारत भ्रमणमा जान लागेका गगन थापाको कार्यक्रम स्थगित

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...

बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी  ६० ले बढेको हो । नेपाल सुनचाँदी व...

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...

गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्। जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्...

बागलुङमा बेपत्ता किशोर मृत फेला : आइफोन लुट्ने क्रममा हत्या भएको खुलासा

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्...

घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुर्तिबाङमा शनिवार दिउसो घाँस काट्ने क्रममा ल...

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending