Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्।

शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल माध्यमबाट भएको अन्तरक्रियामा उनले सरकारको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने धारणा रहेको उल्लेख गर्दै प्रवासी नेपालीलाई त्यसमा विश्वस्त रहन अनुरोध गरे।

अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई नेपालको सद्भावनादूतको संज्ञा दिँदै देशप्रतिको दायित्व निर्वाह गर्न तथा आर्थिक विकासको अभियानमा साथ दिन आग्रह गर्नुभयो। उहाँका अनुसार वर्तमान सरकार अर्थतन्त्रको पुनरुत्थान र निजी क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न सुधारात्मक नीति कार्यान्वयनमा केन्द्रित छ।

उनले बजेटमार्फत कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू लागू गरिएको उल्लेख गर्दै नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण भइरहेको बताए। लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल पनि सहज रूपमा विदेश लैजान सक्ने व्यवस्था रहेको उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले सरकारले प्रवासी नेपालीको लगानी आकर्षित गर्न एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणाहरू अघि सारेको जानकारी दिँदै ती कार्यक्रमले नेपालमा लगानी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मन्त्री वाग्लेको निजी सचिवालयका अनुसार उक्त छलफलमा अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूले नेपालमा लगानीका अवसर, नीतिगत सुधार तथा व्यावसायिक वातावरणका विषयमा आफ्ना धारणा र सुझाव पनि राखेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डा. गोविन्द केसीका मागबारे सरकारसँग धनगढीमा वार्ता सुरु

धनगढी। डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र केसी पक्षबीच धनगढीमा वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालयको पहलमा गठन गरिएको वार्ता टोली...

प्रश्नपत्र प्रकरण: दुई दिनभित्र छानबिन गरी दोषीलाई कारबाही गर्न स्ववियुको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले दुई दिनभित्र निष्पक्ष छान...

कोशीको मुख्यमन्त्री बन्ने निश्चित नहुँदै तिलकुमार मेन्याङ्बोलाई बधाईको ओइरो

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो...

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण: दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक...

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाबारे त्रिविले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। त्रिभु...

हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...

भारत भ्रमणमा जान लागेका गगन थापाको कार्यक्रम स्थगित

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...

बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी  ६० ले बढेको हो । नेपाल सुनचाँदी व...

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending