Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

हिमालय एअरलाइन्सको चिनियाँ बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य हुने

काठमाडौं । हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनियाँ बहुर्राष्ट्रिय प्रविधिकम्पनीबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सूचना र सञ्चार प्रविधि सेवाप्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थानओगटेको हुवावेले हिमालय एअरलाइन्स्को सेवालाई अझ सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ । सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० का उपज र समाधानका उपायबाट अधिकत्तम लाभ लिन सेवामार्फत यात्रुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदानगर्ने विश्वास लिइएको छ ।

कम्पनीलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सिर्जना गर्दै ठोस परिणाम प्राप्तगर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवद्र्धन गर्ने कम्पनीले अपेक्षा गरेको छ ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीनका आर्थिक तथा वाणिज्यदूत झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङ र हुवावे टेक्नोलोजी क्लाउड र एआई व्यावसायिक समूह–एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष झोउइन्योङ र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ शुइजेनले हस्ताक्षर गरे।

सो अवसरमा काउन्सिलर झाङ फ्यानले महामारीपश्चात्को अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय सञ्चार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिलाई सामना गर्न सम्झौता सान्दर्भिक हुने बताए ।

तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पु¥याएको स्पष्ट पार्नुभयो ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गरे ।

सम्झौताअनुरुप आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसिटी प्रविधि (हुवावे क्लाउड र एआई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइसीटी प्रविधि उपकरणको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाट फर्मको निर्माण गर्नेलगायतका कार्य पर्ने कम्पनीले उल्लेख गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE