प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू तामझाम, जुलुस र नाराबाजीसहित मतदातामाझ पुगिरहेका छन्। सामाजिक सञ्जालमा पनि भीडको प्रदर्शनमार्फत चुनावी प्रतिस्पर्धा देखिन्छ । तर यही भीडभाडबीच एक उम्मेदवार भने पृथक शैलीमा घरदैलो गरिरहेका छन् । उनी हुन् खश्रम संस्कृति पार्टीका गोविन्द गिरी।
श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दिएका गिरी न जुलुसमा छन्, न प्रचार–प्रसारको तडकभडकमा । उनी मोटरसाइकल चढेर एक्लै गाउँ–बस्ती घुमिरहेका छन् । मतदाताको घरमा पुग्दा न औपचारिक कार्यक्रमको आभास हुन्छ, न कार्यकर्ताको भीड। उनी प्रत्यक्ष संवादमा विश्वास गर्छन् । भेट्छन्, समस्या सुन्छन्, आफ्ना एजेन्डा सुनाउँछन्।
भीड देखे भने त्यहीँ पुगेर छोटो संवाद गर्छन् । बाटोमा भेटिएका ज्येष्ठ नागरिकलाई ढोगेर आशीर्वाद लिन्छन् । उनको चुनावी शैली औपचारिक नाराभन्दा सम्बन्ध र संवादमा केन्द्रित देखिन्छ।
यो शैली श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले २०७९ को स्थानीय तह निर्वाचनमा धरानमा अपनाएको शैलीसँग मिल्दोजुल्दो छ। त्यतिबेला साम्पाङ पनि एक्लै प्रचारमा देखिन्थे। अहिले भने साम्पाङसँग टोली हुन्छ, तर प्युठानमा गिरी पुरानै शैली दोहोर्याइरहेका छन्।
५२ वर्षीय गिरी झिमरुक गाउँपालिका–रातामाटाका स्थायी बासिन्दा हुन्। तीन दशकभन्दा बढी समय सत्ता चलाएका दलहरूले अपेक्षित काम गर्न नसकेको उनको निष्कर्ष छ। “जनताको साथ छ, मेरो जित सुनिश्चित छ,” गिरी भन्छन्।
प्युठानबाट यसपटक १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेबाट सूर्यबहादुर थापा क्षेत्री, नेपाली कांग्रेसबाट डा. गोविन्दराज पोखरेल, नेकपाबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशान्त वैदिक, राप्रपाबाट धनेश्वर पण्डित मैदानमा छन्। राष्ट्रिय जनमोर्चाले तिलकबहादुर जिसीलाई उम्मेदवार बनाएको छ भने अन्य साना दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
२०७९ को निर्वाचनमा एमालेका सूर्यबहादुर थापा क्षेत्री विजयी भएका थिए। यसपटक पनि उनी प्रतिस्पर्धामा छन्। भीड, जुलुस र नाराभन्दा पर, एक्लै घरदैलो गर्दै गिरीले अपनाएको शैलीले प्युठानको चुनावी माहोलमा फरक दृश्य थपेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: