Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

सञ्चारकर्मीलाई नियमित पारिश्रमिक उपलब्ध गराउन महासङ्घको आग्रह

कास्की । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति र कास्की शाखाले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीले लामो समयदेखि पारिश्रमिक तथा सेवा सुविधा प्राप्त नगरेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

दुवै संस्थाले मङ्गलबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी न्यूनतम पारिश्रमिक नियमित उपलब्ध गराउन, कुनै पनि वहानामा प्रकाशन÷प्रसारण बन्द नगर्न, पत्रकारलाई निष्कासन नगर्न र बेतलवी बिदामा बस्न बाध्य नबनाउन सम्पूर्ण सञ्चार माध्यमहरूलाई आग्रहसमेत गरेका छन् ।

प्रदेश समितिका महासचिव गणेश पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा गण्डकी प्रदेशमा विभिन्न सञ्चारगृहले कोभिड–१९ कारण देखाउँदै श्रमजीवी पत्रकाहरुलाई निष्कासन गर्ने, तलब नदिने तथा तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्नेलगायतका कार्यहरु तत्काल बन्द गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न माग गरिएको छ ।

कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा श्रमजीवी पत्रकारका समस्याका विषयमा पटक–पटक सरोकारवालाहरूको ध्यानाकर्षण गराएको स्मरण गराउँदै श्रमजीवीको उचित सम्मान र पेशागत सुरक्षाका लागि जुनसुकै प्रकारका दवाबका आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

शाखाले श्रमजीवी पत्रकार र सञ्चारकर्मीलाई परेको कुनै पनि समस्याका बारेमा इमेल वा अन्य माध्यमबाट संस्थागतरूपमा जानकारी गराउन पनि सम्बन्धित सबै पत्रकार÷सञ्चारकर्मीहरूलाई अनुरोध गरेको छ । आवश्यकताअनुसार सरोकारवालाहरूसँग छलफल, संवाद र निरन्तर सम्पर्कमा रहिरहने जानकारी गराउँदै महासङ्घले श्रमजीवी पत्रकारको विषयमा भने कोही कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE