काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु गरेको छ । मङ्गलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै कम्पनीले निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरी चक्रपथ बाहिर खाद्य पदार्थ निःशुल्क रुपमा (डेलिभरी चार्ज नलिई) होम डेलिभरी गर्दै आएको छ ।
काठमाडौँपछि पहिलो प्रदेशका रुपमा सुर्खेतबाट अनलाइन बिक्रीवितरण सेवा सञ्चालन गरिएको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीम थापाले जानकारी दिए । “शुरुआती चरणमा हामीले तीन प्रकारका चामल र कर्णालीको फापर बिक्री वितरणमा राखेका छौँ, उपभोक्ताको मागअनुसार अन्य सामग्री विस्तार थप गर्दै जानेछौँ”, उनले भने।
उनका अनुसार मङ्गलबार चार अर्डर आएको र डेलिभरीसमेत गरिसकिएको छ । “पहिलो चरणमा वीरेन्द्रनगर नगरपालिकाभित्र र विस्तारै जिल्लाभर सेवा सञ्चालनको योजना रहेको छ”, उनले भने, “कम्पनीको आफ्नै गाडीमा डेलिभरी शुल्क नलिई सेवा प्रवाह गर्नेछौँ ।”
कम्पनीले काठमाडौँ उपत्यकाभित्र तीन प्रकारका चामल (रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल), कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल, गहुँको पिठो, आयो नून, डिडिसीको शुद्ध घ्यु, वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र स्यानिटाइजर अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।
अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: