भद्रपुर । झापाको मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वनले हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै फलफूलका विरुवा रोप्न थालेका छन् ।
स्वादिलो आहारले पेट भर्न पाएपछि जङ्गली हात्तीले अन्नको बालीमा क्षति नगर्ला भन्ने आशाले सामुदायिक वनले जङ्गलभित्रै हात्तीको खान्कीका लागि फलफूलका विरुवा रोप्न थालेका हुन् ।
विगत तीन दशकयता झापाको मेचीनगरमा जङ्गली हात्तीबाट सबैभन्दा धेरै जनधन र बालीको क्षति भएको छ । हात्तीले वर्षेनि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पुर्याउँदै आएकाले त्यसको नियन्त्रणका उपाय अवलम्बन गर्न सामुदायिक वनको अग्रसरतामा पहिलो चरणमा केराका विभिन्न जातका तीन हजार विरुवा रोपिएको हो ।
थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइरालाले वन क्षेत्रभित्र र हात्ती प्रवेश गर्ने सम्भावित गौडामै फल पाकेपछि टाढासम्म मगमगाउने मालभोगलगायतका केराको विरुवा रोपिएको बताए । हरेक उपभोक्ताले दुई वटा केराका विरुवा हुर्काउनै पर्ने नियम बनाइएको छ ।
दैनिकजसो आउने जङ्गली हात्तीले गाउँ पसेर किसानले लगाएको र घरमा थन्क्याएको अन्नबाली खाएर दुःख दिन थालेपछि हात्तीलाई जङ्गलमै अलमल्याउने उपायस्वरुप बनभित्र केरा खेती गरिएको जनाउँदै अध्यक्ष कोइरालाले यसले हात्तीबाट हुने क्षति रोकिने अपेक्षा गरिएको बताए ।
सो सामुदायिक वनमा १९० हेक्टर क्षेत्रफल रहेको छ भने ५१० घर परिवार उपभोक्ता छन् । वनभित्र हात्तीको आहारका लागि चिनीचम्पा, जहाजी, मालभोग र अँठिया जातको केराका विरुवा रोपिएको छ । हात्तीले आहारका लागि केराको गुभो र फल अति मन पराउँछ। यसअघि वन समितिले हात्ती नियन्त्रणकै लागि भनेर वनभित्र १० हेक्टर क्षेत्रमा बाँस लगाएको थियो । तर बाँसघारीले हात्ती रोकिएनन् ।
“वनमा खानेकुरा नहुँदा हात्ती गाउँ पस्छ भनेर विज्ञहरुले बारम्बार बताउँदै आएको छन्”, अध्यक्ष कोइरालाले भने, “जङ्गलभरी केराखेती गरेका छौँ, अब चाहीँ आहार खोज्दै हात्ती गाउँ पस्दैनन् कि भन्ने हाम्रो विश्वास छ ।”
अर्को चरणमा अरू प्रजातिका फलफूलसमेत वनमा हुर्काउने समितिको योजना छ । जङ्गलमा रहने बाँदर, चरालगायतका जीवहरुलाई समेत ती फलफूल आहारा बन्नेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: