कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी झैझगडा र होहल्ला गर्ने गरेकाले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन् ।
शिवपुरलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने सरस्वती किशोरी संवादका अध्यक्ष शान्ति जिसीले बताए । दिनभरि लागुपदार्थ सेवन गर्ने र घरमा श्रीमती र छोराछोरीलाई यातना दिने गरेकाले अब निश्चितबाहेक अन्य समयमा मदिराजन्य पदार्थ बेचबिखनमा समेत रोक लगाइने जिसीले जगाए ।
टोलमा बालविवाह, बहुविवाह, बालश्रम जस्ता गैरकानूनी काम पूर्ण रुपमा निषेध गरिने भएको छ । टोललाई मदिरा र चोरीडकैती मुक्त बनाउन तथा पीडितलाई राहत दिन किशोरीले पहल गर्ने भएका छन् । मदिरा बिक्री तथा प्रयोगमा पाँच नियमसमेत बनाइएको किशोरी सीमा खड्काले बताए । अनुमतिप्राप्त व्यवसायीले साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने, बाहिरबाट आउने मदिरालाई पूर्ण रुपमा निशेष गर्ने, स्थानीय मदिरा उत्पादकलाई सचेत गराई उत्पादनमा रोक लगाउने तथा यसबारे व्यापक रुपमा प्रचारप्रचार गर्ने किशोरीको योजना छ ।
किशोरीहरु टोललाई नमूना बनाउने योजनामा लागेकाले यसमा नगरपालिकाको पूर्ण साथ रहने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताए । थारु समुदायको बाहुल्य रहेको शिवपुरमा घरघरमा पुगेर किशोरीले सचेत गराउन सकेमा न्यूनीकरण हुन सक्ने सम्भावना रहेको उनको भनाई थियो ।
पछिल्लो समयमा किशोरमा लागुऔषधको प्रयोग गर्नेक्रम बढेकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए। साँझ १५ देखि २० वर्ष उमेर समूहका किशोरले सडकको किनार तथा चौरमा लागुऔषध प्रयोग गर्ने गरेकाले समयमा रोक्न नसके दुर्घटना निम्तिने उनले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: