Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

आजबाट संसद् अधिवेशन अन्त्य : के के भयो राष्ट्रियसभामा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरेकि छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेको हो ।

राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीबाट प्राप्त चालु संसद्को अधिवेशनको अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए। अध्यक्ष तिमिल्सिनाले पत्रमा उल्लेख भएअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज अपराह्न ५ बजेदेखि अन्त्य भएको सभासमक्ष जानकारी गराएका थिए।

संसद्को छैटौँ अधिवेशन अवधिमा राष्ट्रियसभाबाट सम्पादन गरिएका मुख्यमुख्य काम कारवाहीको बारेमा सङ्क्षिप्त विवरण सभासमक्ष जानकारी गराउँदै अध्यक्ष तिमिल्सिनाले २०७७ साल वैशाख २६ देखि असार १८ सम्मको ३१ दिनमा ३५ बैठक बसेको र ६० घण्टा ५० मिनेट सभा सञ्चालन भएको जानकारी दिए ।

यसबीच विभिन्न विधेयक पारित भएका छन् । प्रतिनिधिसभाबाट सन्देशसहित यस सभाबाट पारित गरी केही विधेयक फिर्ता भएका छन् भने केही विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइएको छ ।

पारित विधेयक

उक्त अवधिमा राष्ट्रिय खेलकुद विधेयक २०७५, नेपाल विशेष सेवा विधेयक २०७६, नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६, विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक २०७५, बीउविजन (दोस्रो संशोधन) विधेयक २०७५, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७ सभाबाट पारित भएको छ ।

त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत ९चौबिसौँ संशोधन० विधेयक २०७७, र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ लाई राष्ट्रिय सभाबाट पारित गरिएको बताउनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ सहित १३ वटा विधेयक राष्ट्रियसभाबाट पारित गरिएको छ ।

फिर्ता विधेयक

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित यस सभाबाट पारित गरी केही विधेयक फिर्ता गरेको छ । जसअनुसार नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत ९चौबिसौँ संसोधन० विधेयक २०७७, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७७ रहेको छ ।

दफावार छलफलमा पठाइएको विधेयक

सभामा दर्ता भएका अन्य केही विधेयकहरु सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको समेत उनले जानकारी दिए।

अध्यक्ष तिमिल्सिनाले नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६, नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, तथ्याङ्क विधेयक २०७६, स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको बताए।

यसै अधिवेशनको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालको जवाफ दिनु भएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पटक र गृहमन्त्री रामबहादुर थापाले समसामयिक विषयमा सभालाई सम्बोधन गर्नुभएको उहाँले जानकारी दिए ।

सभामा राष्ट्रिय सुरक्षा परिषद् र महान्यायाधिवक्ता कार्यालयबाट वार्षिक प्रतिवेदन सभासमक्ष पेश भएको थियो । यसै अवधिमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

यसै अधिवेशनमा संविधानसभा एवं प्रतिनिधिसभाका सदस्य ज्ञानकुमारी छन्त्याल, संविधानसभाका सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल, शिवनारायण गुरौ, मेघराज सहनी र प्रतिनिधिसभाका पूर्वसदस्य दुर्योधन सिंह चौधरीको निधनमा सभामा शोक प्रस्ताव पारित भएको थियो ।

विपद् रोक्ने कार्यमा जुटन आग्रह

अध्यक्ष तिमिल्सिनाले विश्व नै कोभिड–१९ बाट आक्रान्त भएको र वर्षाका कारण बाढी पहिरो तथा डुबानबाट जनधनको क्षति हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । सभाका सदस्यहरुलाई विपद् व्यवस्थापन, नियन्त्रण, न्यूनीकरण, उद्धार तथा राहतमा लाग्नसमेत उनले आग्रह गरे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE