Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा विकास गरिरहेको जनाएको छ।

हुलाक सेवा विभागले सोमबार काठमाडौँमा आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’मा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’मार्फत नागरिकको घरमै सरकारी सेवा पुर्‍याउने अभियान सफलतापूर्वक अघि बढिरहेको बताए।

उनले सूचना प्रविधिको तीव्र विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता र महत्व अझै कायम रहेको उल्लेख गरे। डिजिटाइजेसनले हुलाक सेवाको महत्व घटाएको नभई समयअनुकूल आधुनिकीकरण र सेवा विस्तारको आवश्यकता थप बढाएको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले सरकारी सेवाको प्रभावकारिता अभिवृद्धिका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य तथा सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। सबै काम सरकारले एक्लैले गर्न नसक्ने भएकाले साझेदारीको संस्कृति विकास गर्नुपर्ने उनले धारणा राखे।

उनले हुलाक सेवाको संस्थागत छवि सुधार्न कर्मचारीको इच्छाशक्ति, नवीन सोच र सेवामुखी कार्यशैली अपरिहार्य रहेको उल्लेख गर्दै हुलाकले आफूलाई समयअनुकूल परिवर्तन गरी फरक ढङ्गले सेवा दिन सक्नुपर्ने बताए।

राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्थाले सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको मन्त्री तिमिल्सिनाले बताए। यसबाट नागरिकको समय, खर्च र झन्झट कम हुनुका साथै सरकारी सेवाप्रतिको विश्वाससमेत बढेको उनको भनाइ थियो। सुरक्षाका दृष्टिले पनि सरकारी हुलाक सेवा विश्वसनीय रहेको उनले उल्लेख गरे।

सरकार सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत सञ्चार मन्त्रालय र मातहतका निकायले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए।

कार्यक्रममा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताउँदै नागरिकको घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यअनुसार विभागले हालसम्म सात सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिए।

उनका अनुसार राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायत सरकारी कागजात घरघरमै पुर्‍याउने सेवा सुरु भइसकेको छ। आगामी दिनमा यस सेवालाई थप प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाइने गरी मन्त्रालयले काम गरिरहेको उनले बताए।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात् गर्दै हुलाक सेवालाई थप प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको जानकारी दिए। ‘घरघरमा हुलाक, मनमनमा हुलाक’ अभियानमार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिइएको उनले बताए।

उनका अनुसार सरकारी कुरियर सेवामार्फत राहदानी, सवारी चालक अनुमतिपत्र, स्वास्थ्य सामग्री, शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात सुरक्षित रूपमा नागरिकको घरसम्म पुर्‍याउने कार्य विस्तार भइरहेको छ। सेवा सुरु भएपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको पनि उनले जानकारी दिए।

नयाँ सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नम्बर २७ मा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमश: ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने अभियान पनि अघि बढाइएको विभागले जनाएको छ। यससँगै परम्परागत चिठीपत्र आदानप्रदानमा सीमित हुलाक सेवालाई आधुनिक ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने दायरा क्रमश: विस्तार गरिने सरकारको लक्ष्य रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending