Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बालसुधारगृहमा क्षमताभन्दा बढी बालक

बाँके । बाँकेको डुडुवा गाउँपालिका –६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ । गृहमा ७० जना बस्ने क्षमता भए पनि अहिले एक सय बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिए ।

गृहमा अदालतबाट फैसला सुनाइएका ३९ र नभएका ६१ बालक छन् । गृहमा सबैभन्दा बढी जबर्जस्ती करणी आरोप लागेका बालक छन् । क्षमताभन्दा बढी भएका कारण गर्मी र कोरोना महामारीका अवस्थामा पनि कोचाकोचका अवस्थामा बालक तथा किशोर बस्न बाध्य छन् ।

गृहको अवस्था बुझ्न बुधबार निरीक्षणमा पुग्नुभएका उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश हेमराज पन्तले क्षमता घटाउनेतर्फ आवश्यक पहल गर्न निर्देशन दिए ।
न्यायाधीश पन्तले कम उमेर र बढी उमेर समूहका बालकलाई छुट्टाछुटै राख्ने प्रबन्ध मिलाउन, गृहमा आवश्यक सरसफाइ र स्प्रेको व्यवस्था गर्न र स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला अदालत बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

गृहमा रहेका बालकमा छाला रोगको समस्या देखिएपछि एक हप्ताअघि मात्र स्वास्थ्य शिविर गरी ७० जनालाई सेवा दिइएको डुडुवा गाउँपालिका –६ का वडाध्यक्ष मोहन मिश्रले बताए ।
सुधारगृहमा रहेका अधिकांश बालकमा दाद, लुतोलगायत समस्या थियो । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले बालकहरुको जाँच गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy